प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी, कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछिन् ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने कार्यसूची छ ।
एक्सप्रेस
सम्बन्धित खबर
धुलिखेल–खावा सडकखण्डमा रात्रिकालीन यातायात बन्द : दुई हप्ताभित्र कालोपत्र सक्ने लक्ष्य
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन सवारीसाधन आवागमनमा रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले उक्त खण्डलाई कालोपत्र पक्की बनाउन शनिबार रातिदेखि दुई हप्ताका लागि सडक बन्द गरेको हो ।
विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य
काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् । शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरूङले क...
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोर...
१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने
काठमाडौँ । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लाबाट सुरु गरिएको छ । हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ ।
त्यसैगरी, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्च...
भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान समितिले भूमिहिन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा अभिलेख पेस गर्ने व्यक्तिमाथि का...


