आइतबार, १५ कात्तिक २०८३
नेपाली

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

Main News Image

हेटौँडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै, उनले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।

जलविद्युत् केन्द्रले चेतावनी जारी गरेको छ । जलाशयको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्थामा चेतावनीको साइरन बजाइने केन्द्रका प्रमुख राउतले राससलाई बताए । उनले देउराली–सिस्नेरी सडकखण्ड प्रयोगमा पनि सावधानी अपनाउन आग्रह गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

सवारी दुर्घटना : क्षतिपूर्ति र उपचार खर्च तिर्न नसके जेल पठाउन मिल्दैन

काठमाडौँ । सवारी दुर्घटनाका पीडितलाई खुवाउनुपर्ने औषधि उपचार खर्च, किरिया खर्च र क्षतिपूर्ति भराउने प्रयोजनका लागि माग गरिएको धरौटी बुझाउन नसकेकै आधारमा अभियुक्तलाई थुनामा राख्नु गैरकानुनी हुने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतको पूर्ण...

नवलपुर गैंडाकोटमा ईभी हाइस दुर्घटना, ८ जना घाइते

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा सोमबार राति ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बाप्र०२–००३ च १२०५ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्...

देशभर पश्चिमी र मनसुनी वायुको प्रभाव : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव परेको छ। यसका साथै भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टाभित्र क्रमशः कमजोर हुने जल तथा...

कम्बोडियाबाट २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो ।

...

तीन दिनसम्म पानी पर्ने भन्दै दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक

त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चैत ८ गतेसम्म वर्षाको सम्भावना रहेको उद्धृत गर्दै नारायणगढ–बुटवल सडक योजनाले आज...

आकाशे पुल निर्माणका लागि पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड सोमबार कात्तिक १६ गते तीन घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा निर्माण भइरहेको आकाशे पुल पैदलयात्री ओभरहेड ब्रिज जडान तथा सडक स्तरोन्नतिको कामलाई...