नयाँ प्रणाली लागू गरिँदै, असार २४ देखि २६ गतेसम्म राहदानी सेवा प्रभावित हुने
काठमाडौँ । राहदानी विभागले राहदानी जारी गर्ने प्रणालीलाई स्तरोन्नति गर्दै नयाँ प्रविधि लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ ।
विभागले बिहीबार एक जरुरी सूचना जारी गर्दै आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिने जनाएको छ । यसअघि नै प्रणाली परिवर्तनको क्रममा सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी विभागले सार्वजनिक गरिसकेको थियो ।
सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी आवेदन संकलन तथा वितरण सम्बन्धी सेवाहरू असार २४ गतेदेखि २६ गतेसम्म तीन दिनका लागि पूर्ण रूपमा बन्द रहनेछन् । यस्तै, काठमाडौँस्थित राहदानी विभाग स्वयंले प्रत्यक्ष रूपमा प्रदान गर्दै आएको राहदानी सेवा भने असार २५ र २६ गते दुई दिनका लागि स्थगित हुने विभागले जनाएको छ
एक्सप्रेस
सम्बन्धित खबर
मनसुन थप प्रदेशमा विस्तार हुँदै
काठमाडौँ । नेपालमा मनसुनी वायु क्रमशः देशभर विस्तार हुने क्रममा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनको प्रभाव परिसकेको छ भने...
नवलपुर गैंडाकोटमा ईभी हाइस दुर्घटना, ८ जना घाइते
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा सोमबार राति ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बाप्र०२–००३ च १२०५ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्...
मौसम पूर्वानुमान : देशभर बदली र वर्षा गराउने नयाँ मौसमी प्रणाली सक्रिय
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ ।
बागमत...
मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित
काठमाडौँ । कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन् ।
कैलालीको कैलारी ग...
मौसम पूर्वानुमान : आज पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय रेखा, स्थानीय तथा पूर्वीय वायुको प्रभावका कारण आज देशका पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथ...
सुकुम्बासी आन्दोलन चर्किँदै, राजमार्गमा चक्काजामदेखि आमहड्तालसम्मको चेतावनी
काठमाडौँ । काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको विरोधमा अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले दुई चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघका अ...


