घरजग्गा कारोबार क्रमश: ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो
काठमाडौँ । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलनको मात्रा क्रमशः ओरालो लागेको छ । सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्नसकेको छैन। केही दिन पहिलेमात्र सरकारले भूउपयोग तेस्रो संशोधन नियमावली संशोधन गरेको छ ।
गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व संकलन गरेको थियो । गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन भएको थियो । यस्तै, भदौमा तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व संकलन भएको थियो। गत साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ संकलन गरेको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
काठमाण्डौँ । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार चार सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँम...
बाढीले रसुवागढी नाका ठप्प भएपछि तातोपानी र हिल्साबाट सुरु भयो यात्रुको आउजाउ
काठमाडौँ । गत भाद्र १० गते आएको भीषण बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालय लगायतका पूर्वाधारमा क्षति पुगेपछि चीनसँगको यात्रु आवागमनका लागि तातोपानी र हिल्सा नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ ।
रसुवागढी नाका बन्द...
हिमालनय बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले सेयरधनी जीत कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २...
के तपाई विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? जान्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
विद्युत् प्राधिकरणले शहीदपरिवारका थप आठ जनालाई रोजगार दिने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा शहीदभएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सञ्चालक...
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०९२,९३ सम्ममा सरकारी, सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ । सो रणनीतिमा यसअघि प्रस्ताव गर...



