घरजग्गा कारोबार क्रमश: ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो
काठमाडौँ । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलनको मात्रा क्रमशः ओरालो लागेको छ । सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्नसकेको छैन। केही दिन पहिलेमात्र सरकारले भूउपयोग तेस्रो संशोधन नियमावली संशोधन गरेको छ ।
गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व संकलन गरेको थियो । गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन भएको थियो । यस्तै, भदौमा तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व संकलन भएको थियो। गत साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ संकलन गरेको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज पुस २३ गते फेरि २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ङ’ जारी गर्न लागेको हो । आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका...
भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले यही माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी गर...
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निष्कासन गर्ने
काठमाडौँ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी रु ५० करोड रहे...
आजदेखि बजारमा भरी सिलिण्डर ग्यास : मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ निर्धारण
काठमाडौँ । बजारमा देखिएको खाना पकाउने ग्यास एलपी ग्यासको असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले आज बुधबारदेखि देशभर पूर्ण तौल भरी सिलिण्डर को ग्यास बिक्री वितरण सुरु गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीक...
बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प
म्याग्दी । बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ भने सञ्चालनमा रहेका दुई आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । सडकमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी रोकिएपछि धवलागिरि, अन्नपूर्...
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष ६ महिनाको कैद
काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिनाको कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल...



