घरजग्गा कारोबार क्रमश: ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो
काठमाडौँ । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलनको मात्रा क्रमशः ओरालो लागेको छ । सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्नसकेको छैन। केही दिन पहिलेमात्र सरकारले भूउपयोग तेस्रो संशोधन नियमावली संशोधन गरेको छ ।
गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व संकलन गरेको थियो । गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन भएको थियो । यस्तै, भदौमा तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व संकलन भएको थियो। गत साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ संकलन गरेको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
यातायात सेवामा नयाँ प्रणाली लागू, राष्ट्रिय परिचयपत्र र आफ्नै नामको मोबाइल नम्बर अनिवार्य
काठमाडौँ । यातायातसम्बन्धी सेवा प्रवाहलाई थप आधुनिक, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नयाँ एकीकृत डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत नागरिकहरूले अब राष्ट्रिय परिचयपत्र, नागरिक एप र मोबाइल नम्बरको प्रयोग गरी विभिन्...
पुनर्निर्माण कोषमा ६ करोड १० लाख संकलन
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म ६ करोड १० लाख रुपैयाँ संकलन भएक...
अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँको नोट
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक हजार र ५०० रुपैयाँ दरका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
राष्ट्र बैंकले एक पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १०...
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुन तोलामा २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोल...
नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न
नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ मध्ये ३३ ओटा पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट-ब...
विद्युत् महसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयदेखि बक्यौता तिर्न आनाकानी गर्ने ग्राहकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएक...



