नजिकिँदै ट्रम्पको ‘होर्मुज अल्टिमेटम’, देखिएन इरानको सहमतिको संकेत
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाँच सातादेखि जारी इरान विरुद्धको अमेरिकी इजरेली युद्धका क्रममा पटकपटक समयसीमाहरू तोके, मागहरू प्रस्तुत गरे र धम्कीहरू दिए। तर विरलै ती यति स्पष्ट थिए । इरान विरुद्धको नयाँ चरणको हमला विनाशकारी हुने छ । चार घण्टाभित्र उक्त राष्ट्रको हरेक पुल र पावर प्लान्ट “ध्वस्त” हुनेछन् ।
“निकै थोरै कुरा मात्र सीमाभन्दा बाहिर छ,” ट्रम्पले सोमवार भने। उनका अनुसार यस्तो नियतिबाट बच्न इरानले “उनलाई स्वीकार्य हुने” सम्झौता गर्नुपर्छ र त्यो सम्झौतामा होर्मुज स्ट्रेट हुँदै “तेलको निर्वाध ओसारपसार” हुने कुरा पनि समावेश भएको हुनुपर्छ । अन्तिम घडीहरू बितिरहँदा इरान ट्रम्पको समयसीमामा सहमत हुन तयार छ भन्ने कुराको सङ्केत कमै देखिएको छ । उनीहरूले अस्थायी युद्धविराम अस्वीकार गरेका छन् र आफ्ना मागहरूको सूची जारी गरेका छन्। ती मागहरूलाई एक अमेरिकी अधिकारीले “अतिवादी” भनेका छन् । यसले अमेरिकी राष्ट्रपतिलाई अप्ठेरोमा पारेको छ। कुनै सम्झौता नभएमा ट्रम्पले तीन सातामा चौथोपटक आफ्नो समयसीमा बढाउन सक्छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
काठमाण्डौँ । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा आन्दोलनरत कक्रोच जनता पार्टी सिजेपीले शनिबार आन्दोलनलाई फिर्ता लिएको छ । सिजेपीले सरकारबाट अन्य मागहरू पनि समाधान गर्ने सरकारले आश्वासन दिएपछि जन्तर मन्तरमा ३७ दिन...
अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा मध्यपूर्वमा सैन्य विमान परिचालन : नागरिक उद्धारमा जुटे दुवै देश
काठमाडौँ । अष्ट्रेलियाले आफ्ना नागरिकको आकस्मिक निष्कासन योजना अनुरूप मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथ गरेको छ । अमेरिका–इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किएपछि विभिन्न देशहरूले आफ्ना...
जापानमा चौबिसै घण्टा सेवा दिने स्वचालित मेसिन संकटमा
काठमाडौँ । जापानको गल्ली–गल्ली र पर्यटकीय क्षेत्रमा देखिने चर्चित ‘भेन्डिङ मेसिन’ संस्कृति अहिले गम्भीर चुनौतीको घेरामा परेको छ। विश्वभर बढ्दो मूल्यवृद्धिको बाछिटाले जापानको यो स्वचालित खुद्रा व्यापारलाई पनि नराम्ररी प्रभावित पारेको छ ।
कुनै...
इन्डोनेसियामा बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु
काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् । इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि...
विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने अमेरिकाको घोषणा
काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णय...
राष्ट्र सङ्घ महासचिवमा चार दाबेदार, चाख घट्दो, समस्या बढ्दो
काठमाण्डौँ । संयुक्त राष्ट्र सङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका...



