एसियाली खेलकुद छनोट : समूह विजेता बन्ने लक्ष्यका साथ नेपालले आज मलेसियाको सामना गर्दै
काठमाडौँ । एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यस महत्त्वपूर्ण खेलमा नेपाली टोली मलेसियालाई पराजित गर्दै समूह विजेता बन्ने स्पष्ट लक्ष्यका साथ मैदान उत्रनेछ । समूह ‘ए’ मा रहेको नेपालले यसअघि नै उत्कृष्ट प्रदर्शन गर्दै एक खेल अगावै एसियाली खेलकुदका लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा चीनमाथि दुई सय २१ रनको विशाल अन्तरले ऐतिहासिक जित दर्ता गरेको नेपाल आजको खेलमा पनि सोही उच्च मनोबलका साथ मैदानमा देखिनेछ। नेपाल र मलेसियाबीचको यो रोचक भिडन्त नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुने तय भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार बेलुकी टिमको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहने टिमको उपकप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन्...
युनिस र हुसैनको घातक बलिङ : जनकपुरलाई १९ रनले हराउँदै कर्णालीको विजयी सुरुवात
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणअन्तर्गत मङ्गलबार भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको ल...



