शुक्रबार, २७ कात्तिक २०८३
नेपाली

नेपाल वन प्राविधिक संघद्वारा सरकारलाई ध्यानाकर्षण

Main News Image

काठमाडौँ । नेपाल वन प्राविधिक संघले वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यवहारिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ । संघले जारी गरेको विज्ञप्तिमा वन क्षेत्रका कर्मचारी, प्राविधिक तथा संरचनागत व्यवस्थापनमा देखिएका कमजोरी तुरुन्त समाधान गर्न माग गरिएको छ । विशेषगरी वन व्यवस्थापन, कर्मचारीको अधिकार, सेवा–सुविधा तथा कार्यक्षेत्रमा देखिएका चुनौतीप्रति गम्भीर ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

संघका अनुसार वन क्षेत्रमा कार्यरत प्राविधिकहरूलाई आवश्यक स्रोत–साधनको अभाव, असुरक्षा तथा स्पष्ट नीति नहुँदा काम प्रभावकारी हुन नसकेको गुनासो गरिएको छ । यस्तै, संघले वन संरक्षण, दिगो उपयोग र वातावरणीय सन्तुलन कायम राख्न सरकारसँग ठोस कदम चाल्न आग्रह गरेको छ । संघले मागहरू पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...

महावीर पुनलाई कुलमान नेतृत्व पार्टीको समर्थन

काठमाडौँ । वैज्ञानिक महावीर पुन स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन गर्दै म्याग्दीबाट प्रतिनिधि सभाको निर्वाचनमा भाग लिए पनि उनलाई राजनीतिक पार्टीको समर्थन पाएको छ । उनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने भएको छ ।

उज्यालो नेपाल पार्टीका मह...

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेश...