अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा मध्यपूर्वमा सैन्य विमान परिचालन : नागरिक उद्धारमा जुटे दुवै देश
काठमाडौँ । अष्ट्रेलियाले आफ्ना नागरिकको आकस्मिक निष्कासन योजना अनुरूप मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथ गरेको छ । अमेरिका–इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किएपछि विभिन्न देशहरूले आफ्ना नागरिकलाई सुरक्षित निकाल्न हतार गरिरहेका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बिहीबार संसद्मा सम्बोधन गर्दै मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गरे। उनले खतरनाक अवस्थामा पनि अष्ट्रेलियालीहरूको ज्यान जोगाउन खटिएका उद्धारकर्मीहरूलाई धन्यवाद दिए । अष्ट्रेलियाले यस क्षेत्रमा आफ्ना करिब १ लाख १५ हजार नागरिक रहेको बताएको छ। बुधबार मात्रै पहिलो उद्धार उडान दुबईबाट सिड्नी पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन
काठमाडौँ। अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार पाँच सय ९८ जनामा गर...
इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु
काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म...
जहाजमा ड्रोन प्रहारपछि अमेरिकाले इरानमाथि गर्यो नयाँ हमला
काठमाडौँ । होर्मुज स्ट्रेटमा पनामाको झण्डा अंकित एक व्यापारिक जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ हवाई हमला गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले इरानभित्र रहेका विभिन्न ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरिएको पुष्टि गरेको छ ।...
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले दिए राजीनामा
काठमाडौा । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । नयाँ निर्वाचनपछि सत्तामा पुगेको बंगलादेश न्याश्नलिष्ट पार्टीका नेताहरूले पदत्याग गर्न दबाब दिएपछि उनले राजीनामा दिएका हुन् ।
बंगलादेशमा सन् २०२४ मा...
रूसलाई थप दबाब दिन जेलेन्स्कीको आह्वान
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्यपि आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।
राष्...
दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ–सुकलाई प्रधानमन्त्री नियुक्त
काठमाण्डौँ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ–सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार घोषणा गरेका छन् । नियुक्ति आगामी जुलाई १ देखि लागू हुने जनाइएको छ। यससँगै हान ली जे म्युङको प्रशासनमा दोस्...



