बुधबार, ११ कात्तिक २०८३
नेपाली

स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण

Main News Image

काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो । जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जान्छ । यही चिन्तालाई आत्मसात् गर्दै चाँगुनारायण नगरपालिका–९ ताथलीको इतिहास, भूगोल, लोकसंस्कृति, पुरातात्त्विक सम्पदा, धार्मिक आस्था र सामाजिक जीवनलाई एउटै कृतिमा समेटिएको अनुसन्धानमूलक पुस्तक ‘ताथली भूगोलदेखि लोकसंस्कृतिसम्म’ सार्वजनिक गरिएको छ ।

चाँगुनारायण नगरपालिका–९ वडा कार्यालयको आर्थिक वर्ष २०८२,०८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत प्रकाशित पुस्तकको लोकार्पण तथा परिचर्चा कार्यक्रम वडा सदस्य रविन बासुकलाको सभाध्यक्षतामा भएको हो । उक्त कार्यक्रम पुस्तक विमोचनमा सीमित रहेन, स्थानीय इतिहासको संरक्षण, सांस्कृतिक उत्तराधिकारको जगेर्ना र भावी पुस्ताप्रतिको दायित्वबारे बहसका रूपमा पनि स्थापित भयो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले इतिहास र संस्कृतिविनाको समाजको पहिचान नै कमजोर हुने उल्लेख गर्दै स्थानीय इतिहासको खोज, अध्ययन र अभिलेखीकरणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले स्थानीय तह आफैंले आफ्नो इतिहास र सम्पदालाई पुस्तकका रूपमा सुरक्षित गर्नु दूरदर्शी र अनुकरणीय कार्य भएको बताए ।


mediabaaji add

सम्बन्धित खबर

पद्मश्री पुरस्कार प्रदान : आचार्यलाई गौरव, धरावासीलाई साधना सम्मान, ‘सलह’लाई साहित्य पुरस्कार

काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुका...

अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

काठमाण्डौँ । सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथ...

उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण

काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...