शुक्रबार, ०२ असोज २०८३
नेपाली

बागमतीमा सार्वजनिक गाडी भाडा बढ्यो : न्यूनतम भाडा २४ रुपैयाँ

Main News Image

काठमाण्डौँ । बागमती प्रदेश सरकारले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ । शुक्रबार श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयमार्फत नयाँ दर निर्धारण गरिएको हो । नयाँ भाडादर शनिबार चैत २८ देखि लागू भइसकेको छ।

यसअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको न्यूनतम भाडा २४ रुपैयाँ तोकिएको छ, जुन पाँच किलोमिटरसम्म दूरीका लागि लागू हुन्छ । यसअघि सो दूरीका लागि १९ रुपैयाँ भाडा कायम थियो ।

प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार दूरीअनुसार भाडादर क्रमशः वृद्धि गरिएको छ । १० किलोमिटरसम्मको भाडा ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ तोकिएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका लागि भने ५० रुपैयाँ भाडा कायम गरिएको छ । ट्याक्सी सेवातर्फ सुरुवाती शुल्क ५८ रुपैयाँ निर्धारण गरिएको छ भने प्रत्येक २०० मिटरमा १२ रुपैयाँ भाडा लाग्नेछ ।


mediabaaji add

सम्बन्धित खबर

अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५०...

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्ररमण खनाल नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । यसअघि राष्ट्रिय वाणिज्य बैंकमै सिइओका रूपमा कार्यरत खनाललाई बैंक सञ्चालक समितिले बिहीबार दोश्रो कार्यकालका लागि पुनस्  सिइओ नियुक्त गरेको...

बुधबार कुन विदेशी मुद्राको विनमियदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र...

विजय लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओमा यहि साता बाँडफाँट गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरी रहेको हो । एफपीओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका थिए । सिडिए...

अमेरिकी डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, युरो र पाउण्ड पनि महँगो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा कायम भएको छ । पछिल्लो समय डलरको...

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रका...