शुक्रबार, २६ भदौ २०८३
नेपाली

देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा

Main News Image

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिद तथा इदगाहहरूमा सामूहिक नमाज पढ्दै हर्षोल्लासका साथ मनाइँदैछ । इदुल फित्र रमजानको ७० औँ दिनमा मनाइने यो पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

आज बिहानै मुस्लिम धर्मावलम्बीहरूले स्नान गरी काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका धार्मिक स्थलहरूमा भेला भई सामूहिक नमाज पढेका छन्। नमाज सकिएपछि उनीहरूले एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गर्दछन्। यो पर्व आजदेखि सुरु भई आगामी शनिबारसम्म तीन दिनसम्म मनाइने धार्मिक परम्परा छ ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्रतापी र प्रिय छोरा इस्माएल अलेह सलामलाई बलिदान ९कुर्बानी० गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इतिहास छ ।

mediabaaji add

सम्बन्धित खबर

यी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहि बाँकी भू–भागमा मौस...

रौतहटमा शीतलहर : विपन्न बस्तीको जनजीवन कष्टकर

रौतहट । गत केही दिनदेखि चलेको शीतलहर र अत्यधिक चिसोका कारण रौतहटको जनजीवन निकै कष्टकर बनेको छ । बाक्लो हुस्सुसँगै बहने चिसो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ भने विशेषगरी विपन्न दलित बस्तीहरूमा यसको असर देखिएको छ ।

यहाँका विभिन...

मकवानपुरमा टाटा सुमो दुर्घटना: ६ मृतक, चारको सनाखत

काठमाण्डौँ । मकवानपुरको भीमफेदी–६ जुरीखेतमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई नेपाली र दुई भारतीय नागरिकको सनाखत भएको छ भने दुई जनाको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा तीन जना घाइते छन्, जसमध्ये दुईको...

भेरी अस्पतालले मृत भनेर घर पठाएका शिशु जीवितै, अस्पतालले माग्यो माफी

काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले जीवितै बच्चालाई मृत भनेर घर पठाइदिएको खुलेको छ । घटना विवरणअनुसार गएको मंसिर २५ गते अस्पतालको लेबर कक्षमा भर्ना भएकी एक गर्भवतीले मंसिर २८ गते शिशुलाई जन्म दिएकी थिइन् । ६१७ ग्राम मात्रै तोलका ती शि...

पत्रकार किशोर श्रेष्ठलाई बिनासर्त रिहा गर्न माग गर्दै प्रहरी परिसर अगाडि महासंघको धर्ना

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र मिडिया हाउसमा भएको छापा मार्ने कार्यको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित बनेको छ । काठमाडौं प्रहरी परिसर अगाडि महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भेला भएका पत्रकारहरूले कालोपट्टी बाँधेर र...

गौरबाट छुटेको बससहित तीन साधन ठोक्किँदा ३३ जना घाइते

रौतहट । रौतहटको गौरबाट छुटेको यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँएको हो । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर...