शनिबार, २१ कात्तिक २०८३
नेपाली

रवि लामिछानेले नै सरकारको निर्णयबारे प्रश्न गरेपछि बालेनले दिए जवाफ

Main News Image

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक आईजीपी हटाउने पार्टी नेतृत्वको सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र९बालेन० शाहले यसप्रति समेत लक्षित गर्दै जबाफ दिएका छन् । सभापति लामिछानेले बिहीबार आईजीपी हटाउने निर्णयको सरकारले औचित्य पुष्टि गर्ला भन्दै प्रतिक्रिया दिएका थिए । रास्वपाका अन्य नेताले पनि उक्त निर्णयबारे पार्टीसँग सरकारले छलफल नगरेको भन्दै प्रश्न उठाएका थिए ।

त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जबाफसहित टिप्पणी गरेका हुन्। उनले सरकारको निर्णयबारे प्रश्न उठाइएपनि आफू नेतृत्वको सरकार देश जोगाउनतर्फ लागेकाले पार्टीले पनि आस गरेको आशयसहितको टिप्पणी गरेका हुन्। तर रास्वपाबाहेकका दलमा भने कार्यकर्ता लड्ने र नेता हाँसेर बस्ने परिपाटी रहेको प्रधानमन्त्रीको टिप्पणी छ ।

उनले लेखेका छन्,‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् १ फरक यति हो १ देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ १

mediabaaji add

सम्बन्धित खबर

जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन् । आइतबार बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनी...

गृहमन्त्रीलाई वर्षमान पुनको प्रश्न : विपद्को प्रतिकार्यबारे सदनलाई जानकारी दिनुस्

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउनुपर्ने माग गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनल...