बुधबार, ३१ भदौ २०८३
नेपाली

चुनावी अभियानमा रास्वपाका नेता बालेन शाह तेह्रथुममा

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता बालेन शाह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुगेका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुमको म्याङ्लुङ देवीथानमा स्थानीय मतदातासँग भेटघाट गरेका हुन् ।

स्थानीयसँगको अन्तरक्रियामा शाहले तेह्रथुमलाई कागज वा पुस्तकबाट मात्र होइन, प्रत्यक्ष अनुभव गरेर बुझ्न चाहेको बताएका छन्। ‘तेह्रथुमको बारेमा विकिपिडियामा पढ्न सकिन्छ, किताबबाट पनि बुझ्न सकिन्छ,’ उनले भने, ‘तर यही आएर यहीको हावापानीमा भिजेर, यहीको माटोमा बसेर, यहीका मान्छे भेटेर आँखा, हात र मनले महसुस गरेपछि मात्र त्यो ठाउँ कस्तो रहेछ भन्ने थाहा हुन्छ। भोलि तेह्रथुमका समस्या उठाउँदा आफूलाई पनि थाहा होस् भनेर यहाँ आएका हौँ।’

उनले रास्वपाका सभापति तथा उम्मेदवार इन्जिनियरिङ पृष्ठभूमिका रहेको उल्लेख गर्दै स्थानीयस्तरमै सकिने र व्यवहारिक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘ठूला–ठूला कुरा भन्दा पनि सकिने कुरा गरौँ,’ शाहले भने, ‘यहाँ कृषि उत्पादन राम्रो छ तर बजारको समस्या मुख्य रूपमा देखिएको छ ।’

तेह्रथुममा आयोजित भेटघाट कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्की पनि सहभागी थिए। शाहले स्थानीय समस्यालाई प्रत्यक्ष रूपमा बुझेर नीति तथा योजनामा समेट्ने उद्देश्यले भेटघाट गरिएको बताए ।

mediabaaji add

सम्बन्धित खबर

रास्वपा महाधिवेशनको बन्दसत्र आज : प्रतिवेदनमाथि छलफल र उम्मेदवारी दर्ता हुँदै, भोलि मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज बिहानदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ । शनिबार गेष्टहाउस चौरमा भव्य रूपमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बन्दसत्रका साथै नयाँ नेतृत...

देशलाई इमानदार नेतृत्व खाँचो हो, लोकप्रिय नारा होइन : बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशलाई इमानदार नेतृत्व खाँचो रहेको छ लोकप्रिय नाराले देश नबन्ने बताउनु भएको छ । हामीलाई अव देशको विकास गर्नु छ भने, भाषण र कागजी नाराले लोकप्रिय बन...