ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन बालेनद्वारा अस्वीकार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पब्लिक डिबेटका लागि आह्वान गरेपछि बालेनले जवाफ फर्काएका छन्। बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् ।
देश जलाउने र बनाउने बीच बहस हुनुपर्छ भन्ने ओलीको प्रस्तावमा बालेनले हत्यारा र त्यसको मतियारसँग एउटै मञ्चमा बसे आफू पनि त्यसमा सामेल भएको मानिने भन्दै एउटै मञ्चमा नबस्ने बताउँदै जवाफ फर्काएका हुन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिएको छ ।
‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो, तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो, आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला, ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ बालेनले लेखेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै पक्षले आ(आफ्नो स्थानबाट भूमिका निभाउन आग्रह गरेका छन् । शुक्रबार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले न...
गृहमन्त्रीलाई वर्षमान पुनको प्रश्न : विपद्को प्रतिकार्यबारे सदनलाई जानकारी दिनुस्
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनल...
एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औं महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौर...
बालेनसँग हारेपछि लौरो चिन्ह लिएरै दोस्रो भएका सुमन सायमी प्रचण्डको पार्टीमा
काठमाडौँ । अघिल्लो स्थानीय निर्वाचनमा मेयर पदमा उम्मेदवार भएका र प्रतिनिधि सभामा काठमाडौं ८ मा दोस्रो भएका सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा मिल्ने भएका छन् । प्रतिनिधि सभा निर्वाचनके केही समयअघि उनी नेकपामा जान लागेका हुन् ।
सायमी...
रास्वपाको विस्तारित बैठक : घोषित मितिमा निर्वाचन गर्न जोड
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुईदिने विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारी...
रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालकको मृत्यु
काठमाडौँ । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ । बालकको उमेर ६ वर्षजति भएको अनुमान गरिएको छ । आलम रौतहट–२ बाट उम्मेदवार छन् ।
दुर्घटनापछि रास्वपा उम्मेदवार आलम र गाड...



