बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले दिए राजीनामा
काठमाडौा । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । नयाँ निर्वाचनपछि सत्तामा पुगेको बंगलादेश न्याश्नलिष्ट पार्टीका नेताहरूले पदत्याग गर्न दबाब दिएपछि उनले राजीनामा दिएका हुन् ।
बंगलादेशमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनले शेख हसिनालाई सत्ताच्यूत गरेपछि भागेर भारतमा शरण लिएर बसिरहेकी छन् । हसिनाले पछिल्लो समय भारतबाट स्वदेश फर्कने घोषणा समेत गरेपछि राष्ट्रपतिले राजीनामा दिएका हुन् ।
शाहबुद्दिन हसिनाका पूर्वसहयोगी समेत हुन् । उनी सन् २०२३ मा मात्रै बंगलादेशको राष्ट्रपति बनेका थिए । शाहबुद्दिनले संसदका सभामुखलाई राजीनामा पत्र दिएको बताइएको छ । उपचारका लागि थाइल्याण्ड गएका सभामुख राजीनामा बुझ्नका लागि भ्रमण छोट्याएर आजै बंगलादेश फर्किएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
जन्तर मन्तरमा आज पनि सुरक्षा व्यवस्था कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
काठमाण्डौँ । दिल्लीमा कक्रोच जनता पार्टी सिजेपीले आयोजना गरेको प्रदर्शन आज पनि जारी छ । सोमबारदेखि सुरू भएको प्रदर्शनमा बिहीबार पनि बिहानैदेखि प्रदर्शनकारीहरू भेला भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । आन्दोलन स्थल जन्तर मन्तरमा बिहानैदेखि बाक्लो स...
अमेरिकाले अरब सागरमा खसाल्यो इरानी ड्रोन
काठमाण्डौँ । अमेरिकाले मंगलबार अरब सागरमा एउटा इरानी ड्रोन खसालेको छ । रोयटर्सका अनुसार, इरानको साहेद १३९ नामको ड्रोन अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजको नजिक पुगेको थियो । यूएसएस अब्राहम लिंकन अमेरिकी नौसेनाको आणविक शक्तिले चल्...
बेरोजगारी संख्या जापानमा बढ्दै
टोकियो । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख...
आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने
काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व आर्थिक मञ्च डब्ल्यूईएफ २०२६ मा भाग लिन आज स्विट्जरल्यान्डको डाभोसमा पुग्दै छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले बुधबार साँझ ग्रिनल्यान्डको भविष्य निर्धारण गर्ने एजेन्डासहित व...
यूएईको दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, यस्तो छ क्षति
दुबई । यूएईको दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । सहरका अधिकारीहरूले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् ।...
अमेरिकी संसद्ले खारेज गर्यो इरानविरुद्ध आक्रमण रोक्ने प्रस्ताव, ट्रम्पलाई बाटो खुला
काठमाण्डौँ । इरानविरुद्ध थप सैन्य आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न पेस गरिएको प्रस्ताव अमेरिकाको संसद् कंग्रेसले खारेज गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावका पक्षमा ४७ सांसद उभिँदा विपक्षमा ५३ मत परेका हुन् । <...



