रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले
रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका छन् । एक साताको अन्तरालमा १४ वटा बङ्गुर मरेका किसान गुरोले दुखेसो गरे । बङ्गुरको उपचारका लागि पशु चिकित्सकहरुलाई खबर गरेको र उपचार गर्दागर्दै पनि बङ्गुर मरेको उनले बताए ।
डा चौधरीका अनुसार चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगले मरेको छ । रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका पशुबाट फैलने उनले बताए । रोग नियन्त्रणका लागी चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप लगाउने घोषणा गरेता पनि हाल खोप अभाव भएकाले केही समय लाग्ने चिकित्सक चौधरीले बताए । चन्द्रपुरका किसानले छ हजारको हाराहारीमा बङ्गुर पालेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आइतबार ओपीडी सेवा दिन सम्भव छैन : चिकित्सक संघ
काठमाडौँ । नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने जनाएको छ । संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा अस्पतालहरूमा पर्याप्त जनशक्ति अभावका कारण सार्वजनिक बिदाका दि...
झन् बढ्यो काठमाडौँमा प्रदूषण
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउ...
आइतबार पनि ओपीडी सेवा खुला राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले दुई दिनको बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निका...
चालीस माइक्रोनभन्दा पातला प्लास्टिक झोला बिक्रीमा पूर्ण रोक
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वातावरण प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा निगरानी बढाएको छ। विभागले पछिल्लो पटक उपत्यकाका विभिन्न १९ वटा प्लास्टिक उद्योग, आयातकर्ता र...
आज विश्व प्राथमिक उपचार दिवस
काठमाण्डौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजी...
बर्खायाममा स्क्रब टाइफसको जोखिम : समयमै उपचार पाए पूर्ण रूपमा निको हुने
काठमाडौँ । कुनै पनि सरुवा रोग फैलिएपछि त्यसलाई नियन्त्रणमा लिन निकै कठिन हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा सङ्क्रमण सरेपछि स्थिति नियन्त्रणमा ल्याउन समय लाग्ने गर्छ । सल्यानको एउटा पालिकाबाट सुरु भएको स्क्रब टाइफसको सङ्क्रमण हाल सातवटा पालिकासम्म...



