साउनमा अझ सस्तो भयो बैंकको ब्याज, ६ बैंकले गरे कटौती, कुनको कति छ ?
काठमाडौँ । २० वटै वाणिज्य बैंकले साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक दरहरू हेर्दा असारको तुलनामा साउनमा निक्षेपको औसत ब्याजदर थप खुम्चिएको देखिएको हो ।
व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम औसत ब्याजदर असारमा ४.२६ प्रतिशत रहेकामा साउनका लागि ४.१७ प्रतिशतमा सीमित भएको छ। संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत ब्याजदर ३.१८ प्रतिशतबाट घटेर ३.१२ प्रतिशतमा पुगेको छ।
यस अवधिमा ब्याजदरमा सबैभन्दा ठूलो कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशतविन्दुले घटाएको छ भने संस्थागत निक्षेपतर्फ १ प्रतिशतविन्दुसम्म कमी गरेको छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाउँदै ४ प्रतिशत कायम गरेको छ।
अन्य बैंकहरूमध्ये एनएमबि बैंकले व्यक्तिगत निक्षेपमा ०.५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१० प्रतिशतविन्दु तथा कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले अधिकतम ब्याजदर घटाएका छन्। यता नेपाल बैंक भने संस्थागत निक्षेपको ब्याजदर बढाउने एकमात्र बैंक बनेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशतमै यथावत् राख्दै संस्थागत निक्षेपको दर १ प्रतिशतविन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्याएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
चुनावको खर्च छुट्टै बैङ्क खाता मार्फत गर्नु पर्ने
काठमाडौँ । उम्मेदवारहरूले अव निर्वाचनताका हुने खर्चको विवरण दुरुस्त राख्नका लागि छुट्टै बैङ्क खाता मार्फत कारोबार गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले निर्वाचन प्रयोजनका लागि बैङ्क खाता खोल्ने प्रबन्ध मिलाउन बैङ्क तथा वित्तीय संस्थालाई निर्द...
अमेरिका-इरान युद्धविरामको प्रभाव : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट
न्यूयोर्क । अमेरिका र इरानबीच दुई हप्ता लामो युद्धविरामको घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ । विगत पाँच हप्तादेखि जारी युद्धका कारण आकासिएको तेलको मूल्यमा बुधबार करिब १५ प्रतिशतसम्मको गिरावट देखिएको हो । यु...
अण्डाको मूल्य बढ्यो : उपभोक्तालाई प्रतिगोटा २५ रुपैयाँ, किसान अझै घाटामा
चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट ९३० वटा० र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसा...
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ प...
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४९ करोड माथिको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज १४१ कम्पनीको सेयर म...
नेप्से १३ अंकले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !
काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा झरेको छ । आज ३२३ कम्पनीका १ करोड ६ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
कारोबारमा ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्प...



