ब्याटिङ ‘कोल्याप्स’ ले डुबायो नेपाल ए, ओमानसँग ७० रनले हार
काठमाडौँ । माथिल्लो मुलपानी मैदानमा भएको अभ्यास एकदिवसीय खेलमा नेपाल ए ओमानसँग ७० रनले पराजित भएको छ। २८१ रनको लक्ष्य पछ्याएको नेपाल २१० रनमै अलआउट भयो।
नेपालले उत्कृष्ट सुरुवात गर्दै एक समय १७७–२ को बलियो अवस्थामा पुगेको थियो। तर त्यसपछि केवल ३३ रन थप्दा ८ विकेट गुमाउँदै टिम ‘कोल्याप्स’ मा गयो र जित हातबाट फुस्कियो।
ओपनर अनिल साह (५०) र तृतराज दास (३१) ले राम्रो सुरुवात दिलाएका थिए भने इशान पाण्डे (५२) र देव खनाल (४३) ले पनि जितको आधार बनाएका थिए। तर मध्यक्रम र तल्लोक्रम पूर्ण रूपमा असफल हुँदा नेपाल दबाबमा पर्यो।
यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले २८० रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। कप्तान जतिन्दर सिंह (५८) र मुजिबुर अली (७२) को उत्कृष्ट प्रदर्शनले ओमान बलियो स्थितिमा पुगेको थियो। खेलपछि कप्तान अनिल साहले सेट ब्याटरले खेल ‘फिनिस’ गर्न नसक्नु हारको मुख्य कारण रहेको बताए। नेपाल ए का लागि यो हारले ब्याटिङ स्थिरता र खेल सम्हाल्ने क्षमतामा गम्भीर प्रश्न उठाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
यी हुन् भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ खेल्ने २० टिम
काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिमको टुङ्गो लागेको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो...
दसैँलगत्तै एनपिएल, त्रिवि क्रिकेट मैदानको तयारी तीव्र
काठमाण्डौँ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको र त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माण भइरहेको छ। प्रतियोगिता चाडपर्वको समयमा आयोजना हुँदा दर्शक प्रभावित हुन सक्ने आकलन भए पनि,...
एनपीएलमा आज दुई खेल, चितवन र विराटनगरलाई प्लेअफको अवसर
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुँदै छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११स्४५ बजे चितवन राइनोज र काठमाड...
एम्बाप्पेको चम्किलो प्रदर्शनसँगै स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी मेटलाइफ रंगशालामा भएको खेलमा स्विडेनमाथि ३(० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्सको यो एकपक्षीय जितसँगै अब उसले नकआउट च...
१६ वर्षपछि स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगल पराजित
काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक तथा निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १(० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस पराजयसँगै उपाधि दाबेदार मानिएको पोर्चुगलको विश्वकप यात्रा भने नकआउ...
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : खेल तालिका सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’...



