मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

आरुघाटमा बेलीब्रिज जडान गरिँदै

Main News Image

गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो । दसैँका बेला  नै अस्थायी यातायात सेवा सुचारु गर्न बेलीब्रिज निर्माण गर्न थालिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई दसैँअघि नै सञ्चालन गर्नेगरी बेलीब्रिजको काम भइरहेको गोरखा सडक योजना कार्यालयले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा २२.३३ अंकको गिरावट, ८ अर्ब ९९ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २२.३३ अंकले घटेर २७९१.७१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड १८ लाख ४२ हजार ८८७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड २६ लाखको सेयर कारोबार भएको छ ।

आज ४१ कम्पनीको स...

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

काठमाण्डौँ । भरतपुर विमानस्थलबाट काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले ना...

जीवन बिमा भनेको के हो? यो किन आवश्यक छ?

©  रविन्द्र लामिछाने (नविन)

जीवन बिमा भनेको के हो? यो किन आवश्यक छ? 
जीवन बिमा (Life Insurance) भनेको मानव जीवनसँग सम्बन्ध...

नेप्से १३ अंकले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा झरेको छ । आज ३२३ कम्पनीका १ करोड ६ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्प...

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन्। पूर्वशिक्षकसमेत रहेका उनले दसैं र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन् ।गत असारमा शिक्षण पेसाबाट अवकाश ल...

बेनी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।