सुदूरको बेथाः बाटोमै जन्माइन् दोइलाले बच्चा
बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बीच बाटोमै बच्चा जन्माएकी छन् । सोही पालिकाको वडा नम्बर–२ भैसागाडकी २६ वर्षीया दोइला भण्डारीले बीच बाटोमै बच्चा जन्माएकी हुन् । सुत्केरी व्यथा लागेपछि बच्चा जन्माउन स्वास्थ्य संस्था जाँदै गर्दा उनले बिच बाटोमा बच्चा जन्माएकी हुन् । स्वास्थ्य संस्था टाढा हुँदा भण्डारीले बाटोमा बच्चा जन्माउनु परेको हो । भण्डारीले तेस्रो सन्तानको रूपमा छोरीलाई जन्मिएकी हुन् । उनका दुई छोरी समेत छन् ।
गाउँबाट फायल गाउँ आधारभूत स्वास्थ्य चौकी जाँदैगर्दा स्वास्थ्यकर्मीको सहायताले उनले बाटोमै बच्चाको जन्म दिइन् । सुत्केरी गराउन स्वास्थ्य संस्था लैजाँदैगर्दा भण्डारीले बाटोमै छोरी पाएको फायल गाउँ आधारभूत स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी विस्ना रोकायाले जानकारी दिइन् ।
उनका अनुसार,स्वास्थ्य संस्था पुग्न नसक्दा थुम्का सिउँड भन्ने ठाउँमा भण्डारीले बच्चा जन्माएको बताएकी छन् । अत्यधिक व्यथा बढेपछि बाटोमै प्रसूति गराइएको स्वास्थ्यकर्मी रोकायाले जानकारी दिएकी छन् । बाटोमै प्रसूति सेवा दिइएको स्वास्थ्यकर्मी रोकायाको भनाई छ । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ ।
स्थानीयको सहयोग र स्वास्थ्यकर्मी रोकायाको सक्रियतामा सुत्केरी महिला भण्डारीको सुरक्षित रूपमा प्रसूति गराइएको हो । स्वास्थ्यकर्मी रोकायाले आवश्यक सावधानी अपनाउँदै बाटो छेउमा रहेको गाई गोठ नजिकै सुरक्षित रूपमा बच्चा जन्माउन सहयोग गरेकी थिइन् ।
दुर्गम ठाउँमा स्वास्थ्य सेवा पहुँचको समस्याले बाटोमै बच्चा जन्माउने समस्या विकराल बन्दै गएको स्थानीय केशव भण्डारीले बताए ।
उनका अनुसार,बाजुरामा पटक पटक नेतृत्व फेरिए पनि बाजुरा नफेरिएको जानकारी दिए।गाउँबाट स्वास्थ्य संस्था टाढा हुनु,यातायातको सुविधा नहुनुले दुर्गमका आमाहरू बाटोमै बच्चा जन्माउन बाध्य छन् ।
कठिन परिस्थितिमा धैर्यतापूर्वक सेवा दिँदै आमा र शिशुको ज्यान बचाउन सफल भएकी स्वास्थ्यकर्मी विष्णा रोकायाको प्रशंसा गरिएको छ ग्रामीण तथा दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य सेवा अझै सहज र पहुँचयोग्य बनाउन आवश्यक रहेको स्पष्ट देखिन्छ।बाजुरामा यो केवल एक उदाहरण मात्रै हो, यस्ता थुप्रै घटनाहरू बाजुरामा छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
पशुपतिमा महाशिवरात्रिको तयारी अन्तिम चरणमा
काठमाण्डौँ । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ क्षेत्रमा सरसफाइलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको छ । महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी धमाधम तयारी भइरहेको...
नेशनल लाईफ इन्स्यारेन्सको ३९ औं वार्षिक उत्सव सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।
सो समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित...
प्रहरी दिवसमा सम्मानित हुँदा भावविह्वल शहिद प्रहरी परिवार (तस्विरहरु)
काठमाडौँ । आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समरोहको आयोजना समेत गरिएको छ । उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका...
खगेन्द्रलाई तोकियो पचास हजार धरौटी!
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १३ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिह...
आज देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...
बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला
काठमाण्डौँ । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरल...



