भोटेकोशी बाढी : १२ हजारको उद्धार, १३ सय हाराहारीको शव भेटियो, पाँच हजार अझै बेपत्ता
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावितमध्ये ३०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै नेपाली सेनामार्फत ३ हजार २०६ र सशस्त्र प्रहरी बलमार्फत १ हजार ८७४ जनाले उपचार सेवा पाएका छन्।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको जीवितै उद्धार गरिएको छ, जसमध्ये ३ हजारभन्दा बढी मानिसहरू हाल विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा राखी खाना, स्वास्थ्य र आधारभूत सेवा उपलब्ध गराइरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
यसैगरी, बाढीका कारण अझै ५ हजार ८३ जना नागरिक सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजीका लागि सुरक्षा निकाय र अन्य सम्बद्ध टोलीहरू तीव्र रूपमा परिचालन गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाड-तराईका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशका अधिकांश भूभागमा मौसमी बदली र वर्षाको गतिविधि जारी छ ।
अहिले देशभर आंशिक...
आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूम...
यस वर्षको मनसुन : औसतभन्दा बढी वर्षा, गत वर्षभन्दा जनधनको क्षति कम
काठमाडौँ ।गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भ...



