बुधबार, ११ कात्तिक २०८३
नेपाली

भोटेकोशी बाढी : भग्नावशेष हटाउन र व्यवस्थापन गर्न साढे ९५ अर्ब खर्च लाग्ने अनुमान

Main News Image

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण थुपारिएका ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउन र तत्काल तथा दीर्घकालीन पुनःस्थापनाका लागि मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्यांकन आरडिएनए’ प्रतिवेदनले यो तथ्यांक सार्वजनिक गरेको हो।

प्रतिवेदन अनुसार बाढीका कारण ४८ अर्ब २४ करोड रुपैयाँ बराबरका भवनका संरचना भत्किएर थुप्रिएका छन् भने करिब दुई अर्ब रुपैयाँ बराबरको माटोको थुप्रो हटाउनका लागि मात्रै ३० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिन्छ।

mediabaaji add

सम्बन्धित खबर

अन्तिम सुरक्षा परीक्षणपछि साउनभित्रै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि खुल्ने

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि सञ्चालनमा ल्याइने भएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको सडक विभागले जनाएको छ...

कञ्चनजंगा आधार शिविर सुनसान

ताप्लेजुङ । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजंघा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।

पर्यटकीय मौसममा पर्यटकले भरिभराउ...

नेपालमा विपद्को घटनाबाट नौ महिनामा चार सय २४ को मृत्यु

काठमाडौँ । नेपालमा गत वैशाखदेखि हालसम्मको अवधिमा विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा देशभर कुल ५ हजार ९६६...