बुधबार, ०७ असोज २०८३
नेपाली

भोटेकोशी बाढी : भग्नावशेष हटाउन र व्यवस्थापन गर्न साढे ९५ अर्ब खर्च लाग्ने अनुमान

Main News Image

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण थुपारिएका ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउन र तत्काल तथा दीर्घकालीन पुनःस्थापनाका लागि मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्यांकन आरडिएनए’ प्रतिवेदनले यो तथ्यांक सार्वजनिक गरेको हो।

प्रतिवेदन अनुसार बाढीका कारण ४८ अर्ब २४ करोड रुपैयाँ बराबरका भवनका संरचना भत्किएर थुप्रिएका छन् भने करिब दुई अर्ब रुपैयाँ बराबरको माटोको थुप्रो हटाउनका लागि मात्रै ३० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिन्छ।

mediabaaji add

सम्बन्धित खबर

आजबाट सुकुम्वासीलाई खाना बन्द, होल्डिङ सेन्टर छाड्नुपर्ने

काठमाडौँ । उपत्यकाका नदीखोला किनारका सुकुम्बासीलाई उपलब्ध गराएको खाने व्यवस्था आज मंगलबारबाट रोकिएको छ । बागमती सभ्यता एकिकतृ विकास समितिले हिजो सम्मको बिल भर्पाइ पेस गर्दै अब उप्रान्त खाना र केही दिनपछि वासस्थानको व्यवस्था रोक्न लागेको हो । ...

सर्वदलीय संयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्नेसम्मका माग

काठमाडौँ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई चुस्त एवं प्रभावकारी बनाउन संसद्बाट अविलम्ब सर्वदलीय समिति गठन हुनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको...

त्रिशूलीमा फेला परेको बस सिमलतालमा पहिरोले पुरेको ‘गणपति डिलक्स’

काठमाडौँ । त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ दोद्राङ बेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्ट्सपुर्जा फेला परेको थियो । पार...

पर्वतारोहीहरूको मृत्युप्रति हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघद्वारा श्रदाञ्जलि अर्पण !

मिडियाबाजी डटकम। पाकिस्तानमा हिउँ पहिरोमा परी मृत्यु हुनेहरू प्रति हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघद्वारा हङकङमा श्रद्धांजलि अर्पण सभा आयोजना भएको छ ।

२०२६ अगस्ट ६ समय साँझ ७ देखि ९ सम्म चुम्लुङ हिम जोडर्नमा ब्रोड पिक पाकिस्तान हिम...

एनआरएनए अध्यक्षमा हेमराज शर्माको नाममा सहमति

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो। अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम...

धादिङ बस दुर्घटनामा ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि परे

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुक...