भोटेकोशी बाढीको उपद्रव : महोत्तरीका सम्पर्कविहीन परिवारमा हरायो चाडपर्वको खुसी
महोत्तरी । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि निरन्तर सांस्कृतिक उत्सव तथा परम्परागत चाडपर्वहरू आइरहे पनि महोत्तरीका सम्पर्कविहीन परिवारका घरमा भने कुनै रौनकता छाउन सकेको छैन। भदौ १० गतेको बाढीयता परिवारका सदस्य बेपत्ता भएपछि ती घरहरूमा आँसु र वेदना मात्रै छ ।
अपर त्रिशूली(१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत बर्दिबास ३ गौरीडाँडाका सौभाग्य विष्ट बाढीसँगै बेपत्ता भएपछि उनको परिवार गहिरो पीडामा छ। बुबा ध्रुव विष्ट र दिदी सिर्जना भाइको पर्खाइमा रुँदै दिन बिताइरहेका छन्। रसुवा, नुवाकोटदेखि चितवनका अस्पतालहरू चहार्दासमेत सौभाग्यको कुनै अत्तोपत्तो पाउन सकिएको छैन ।
यस्तै, बर्दिबास ९ का खिलबहादुर राना आफ्नी कम्प्युटर इन्जिनियर छोरी जोया रानाको खोजीका लागि आफैँ हेलिकप्टर भाडामा लिएर भौँतारिए पनि अहिलेसम्म कुनै खबर पाउन सकेका छैनन्। रक्षाबन्धनमा घर आउने बताएकी जोया हराएपछि ७५ वर्षीया हजुरआमासहित सिङ्गो परिवार शोकमा डुबेको छ।
मिथिला क्षेत्रमा मनाइने राखी, कृष्णजन्माष्टमी र चौरचनजस्ता पर्वहरू सम्पन्न भइसक्दा पनि पिपरा(३ की ६० वर्षीया विणादेवी यादव र जलेश्वर १० का १० वर्षीय बिटुलाल दासको परिवारमा खुसी फर्केको छैन। बिटुका बुबा सुशील दास ९पूर्व नेपाली सेना० तथा मटिहानी–७ का गङ्गाराम मण्डल पनि सोही बाढीबाट सम्पर्कविहीन छन्।
रसुवाबाट सुरु भई नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवन हुँदै बगेको भोटेकोशी बाढीले महोत्तरीका कुल १० जनालाई बेपत्ता बनाएको छ। जलेश्वरका हशन रेजा अन्सारी, लोहारपट्टीका सन्तोषकुमार ठाकुर, गौशालाका विजय थापा मगर र शीतबहादुर नुङ्गेली तथा रामगोपालपुरका विश्वजित मण्डल पनि अहिलेसम्म बेपत्ता छन्।
घरका मुख्य कमाउने र जिम्मेवार व्यक्ति नै हराएपछि पीडित परिवारहरूले आफ्ना मान्छेको सही स्थिति पत्ता लगाइदिन सरकार र उद्धार निकायहरूसँग हारगुहार गरिरहेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
स्वदेश आइपुग्यो विपिनको शव : प्रधानमन्त्री पुगिन् विमानस्थल
काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव स्वदेश ल्याइएको छ । उनको शव सोमबार केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रध...
सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विषयविज्ञ नियुक्त
काठमाडौF . शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिको प्राज्ञिक गरिमालाई उच्च बनाउन एकेडेमिक काउन्सिलमा चार जना विषयविज्ञहरूलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।
मन्त्रालयले सूचना प्रविधि, उद्...
एक महिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि शुरू
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरू भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बील...
प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोलस भुसाल आमरण अनसनमा
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । भुसालले मंगलबार ८ पुस राति १० बजेदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका हुन् । जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्रीको राजीनामा माग गर...
सिलिन्डर लगेका स्थानीयलाई फिर्ता गर्न प्रहरीको माइकिङ
मुग्लिङ । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर निकालेर लगेका स्थानीयलाई प्रहरीले ती सिलिन्डर फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले मुग्लिङ क्षेत्रमा माइकिङ गर्दै बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर तथा अन्य सामग्री आफूसँग नराखी स...
धनुषा घटनाको विरोधमा वीरगञ्जमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार
वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तन...



