भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले यही माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो। जसमध्ये १० लाख कित्ता आईपीओ आयोजना प्रभावितलाई र १ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकको छ ।
अब कम्पनीले बाँकी ९ लाख कित्तामध्ये २० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ५० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको ८ लाख ३० हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । निष्कासन बन्द छिटोमा माघ १५ गते हुनेछ भने ढिलोमा माघ २६ गते हुनेछ । अहिले आईपीओमा सर्वसाधारणको चासो र पर्ने गरेको आवेदनलाई हेर्दा माघ १५ गते अगावै पर्याप्त आवेदन परिसक्ने निश्चित छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अब ऋण लिन बैंक नचाहिने, व्यक्ति-व्यक्ति बीच विधिवत कर्जा लेनदेनलाई व्यवहारमा उतार्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज आर्थिक वर्ष २०८३र८४ को २५औँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । यस वर्षको मौद्रिक नीतिले ७ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी डिजिटल वित्तीय उपकरण र नियमनकारी सरलीकरणमा...
नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न, गत वर्ष १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन
काठमाडौँ । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ र २ गते आयोजित उक्त सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ...
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रका...
बुधबार कुन विदेशी मुद्राको विनमियदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६९...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो । यता, चाँदीको मूल्य पनि तोला...
सुनको मूल्य तोलामा १८ हजार ८०० ले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सो सुन प्रतितो...



