बिहिबार, २९ असोज २०८३
नेपाली

एमाले उपाध्यक्ष पदका लागि बिन्दा पाण्डे मैदानमा, प्रस्तावकमा अष्टलक्ष्मी

Main News Image

काठमाडौँ । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीको जारी ११औँ महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अघि बढिरहेका बेला उनले उम्मेदवारी दिएकी हुन् । अष्टलक्ष्मी शाक्यले महाधिवेशनसँगै पार्टीको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेकी छन् । शाक्य बाहिरिँदै गर्दा उनले पाण्डेलाई अगाडि बढाएकी हुन् ।

पाण्डे नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी पाण्डे २०३७ सालदेखि राजनीतिक गतिविधिमा संलग्न छिन् । २०६२ सालमा एमाले महिला विभागले लैङ्गिक मुद्दासम्बन्धी आठ बुँदा पारित गर्दा त्यससम्बन्धी पुस्तकसमेत प्रकाशन गरेकी थिइन् । 

mediabaaji add

सम्बन्धित खबर

निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, मनाङ अधिवेशन आयोजक समितिको संयोजक मनोनीत

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ दीपक मनाङे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शेरबहादुर देउवा पक्षमार्फत उनी कांग्रेसमा प्रवेश गरेका हुन्  ।  नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले गुरुङलाई पार्टीमा स्वागत गर्दै...

रास्वपाका १०२ उम्मेदवार विजयी, २३ निर्वाचन क्षेत्रमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा हालसम्म १०२ क्षेत्रमा विजयी भएकोे छ। रास्वपाका उम्मेदवारले २३ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १३३ स्थानको मतगणन...

देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते आगजनी गर्नेहरू देशद्रोही भएको आरोप लगाएका छन् । बुधबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले आगजनी गर्नेहरूलाई देशद्रोही भनेका हुन् । अध्यक्ष ओलीले...

रास्वपा विधानमा रातारात हेरफेर : बन्दसत्र बाहिरबाट बुँदा थपिएपछि गम्भीर संशय

काठमाडौँ । असार ७ देखि १२ गतेसम्म  चितवनमा सम्पन्न पहिलो महाधिवेशनमार्फत पारित गरिएको विधानलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० भित्र गम्भीर विवाद र संशय पैदा भएको छ ।

पार्टीले सोमबार आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको वि...

राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ । संघीय संसद्, राष्ट्रियसभाको बैठक आन बस्दै छ । बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ ।