शनिबार, १३ भदौ २०८३
नेपाली

स्वदेश आइपुग्यो विपिनको शव : प्रधानमन्त्री पुगिन् विमानस्थल

Main News Image

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव स्वदेश ल्याइएको छ । उनको शव सोमबार केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू लगायत उच्चस्तरीय उपस्थिति विमानस्थलमा रहेको थियो। शव आजै कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उनको घरमा लगिने र त्यहीँ अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल गएका थिए । गत २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा उनी बन्धक बनिएका थिए । केही समयसम्म उनको अवस्था अज्ञात रहँदा असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए।

इजरायल र हमासबीच भएको युद्ध विराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले इजरायली पक्षलाई शव हस्तान्तरण गरेको थियो। नेपाल ल्याउनुअघि उनको शवमा इजरायलको खटिभा ८ स्मारक र बेनगुरिएन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

 

mediabaaji add

सम्बन्धित खबर

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शनिबार बेलुकी भएको दुर्घटनामा घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबास चुनढुंगा खानीतर...

मौसम महाशाखाको विशेष बुलेटिन : देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । आज रातिदेखि बुधबार कात्तिक १२ बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । यो अवधिमा कर्णाली प्रदेशका क...

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७...

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र...

सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश

जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीति...

सुन्तलीको बिलौना: मानसिक रुपमा विक्षिप्त श्रीमान्लाई हेरौँ कि छोरीको उपचार गरौँ ?

काठमाडौँ । कलाकार कुञ्जना घिमिरे सुन्तलीले आफ्नो पारिवारिक पीडा सामाजिक सञ्जालमा सेयर गरेकी छन् । चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने योजनाका साथ अघि बढेका श्रीमान् सीताराम कट्टेल धुर्मुस मानसिक रुपमा विक्षिप्त भएको र छोरी शुविहानीको लगातार उ...