गगन थापाका निकट मानिने वीरबहादुर बने देउवा समूहको जिल्ला सभापति
काठ्माण्डौँ । ‘देशैभरि मसँग त त म म चल्ने पाँच जना मात्रै छन्, जसमध्ये वीरबहादुर विष्ट पनि एक हुन् । वीरबहादुर भनेको गगन हो, ढुक्क हुनुस्, तपाईंले वीरबहादुरलाई भोट हाल्नु भनेको गगनलाई भोट हाल्नु हो ।’ २०७४ सालको निर्वाचनका क्रममा नेपाली कांग्रेसका नेता गगन थापाले बैतडीका विभिन्न ठाउँमा पुगेर वीरबहादुर विष्टको पक्षमा गरेको भाषणको आशय थियो यो। थापाले विष्टसँग आफ्नो निकट सम्बन्ध रहेको बताउँदै मतदातालाई उनीप्रति विश्वास गर्न आग्रह गरेका थिए ।
थापाको त्यही अभिव्यक्तिको चर्चा भइरहेका बेला विष्ट स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भए । त्यसपछि पनि कांग्रेसको राजनीतिमा सक्रिय रहेका विष्टले गत प्रदेशसभा निर्वाचनमा टिकट पाए । त्यतिबेला उनी गगन थापा पक्षबाट टिकट पाएको नेताका रूपमा चर्चामा थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
रिक्त तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोकेका छन् ।
प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन...
पुराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ
- विराटनगर । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्र अब पूरानो शैली र अनुहारभन्दा नयाँ, पढेलेखेका, उद्यमशील र विषयविज्ञ युवालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । ने...
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि बिदा गर्नुपर्ने बताएका छन् ।
साउने संक्रान्ति तथा लिम्बू...
तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
काठमाडौँ । निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले उक्त सिफारिस स्वीकार गर्ने...
रवि र छविको मुद्दामा आज पेसी
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत बुटवलमा आज पेसी तोकिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोश...
राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने भएका छन् । नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्। प्रतिनिधि स...



