पैदलयात्री बृद्धालाई मुक्का हान्ने बम ७ दिनसम्म हिरासतमै
काठमाडौँ । पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालकलाई सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । मुक्का प्रहारको भिडियो भाइरल भएपछि मंगलबार पक्राउ परेका ४२ वर्षीय पारस बमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार बमलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा न्यायिक हिरासतमा राखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उनलाई मंगलबार दिउँसो काठमाडौंको भोटाहिटीबाट नियन्त्रणमा लिएको थियो । उनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको थियो । एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी शुरू गरेको थियो । प्रहरीका अनुसार यो घटना गत शनिबारको हो ।
बमले महाराजगञ्ज चप्पल कारखाना नजिकै ती ती व्यक्तिलाई कारबाट झरेर मुक्का प्रहार गरेका थिए । ती व्यक्तिले आफूलाई अपशब्द बोलेको भन्दै मुक्का प्रहार गरेको बमले प्रारम्भिक बयानमा बताएको एसपी भट्टराईले बताए । यसबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा कारबाट झरेका बमले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ । त्यसपछि कार चालकले फेरि ती पैदलयात्रीलाई कुटेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
करिब ११ लाख बराबरको काँचो केरासहित ४ जना पक्राउ
काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपाल...
निर्वाचन स्वच्छ र भयरहित अनिवार्य सर्त, सुरक्षाकर्मीको मनोबल उच्च
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ व...



