बिहिबार, १२ कात्तिक २०८३
नेपाली

राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्चीको पहिलो नगर अधिवेशन बहिष्कार : आन्तरिक लोकतन्त्र माथि प्रश्न

Main News Image

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो नगर अधिवेशन बहिष्कार भएको घटनाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ। नयाँ राजनीतिक संस्कार, पारदर्शिता र सुशासनको नारासहित उदाएको दलभित्र नै असन्तुष्टि चुलिँदै अधिवेशन बहिष्कारसम्मको अवस्था सिर्जना हुनु चिन्ताको विषय हो ।

राजनीतिक दलको शक्ति केवल जनसमर्थनमा मात्र सीमित हुँदैन । त्यसको संगठनात्मक संरचना, आन्तरिक लोकतन्त्र र नेतृत्व चयन प्रक्रियाले पनि दलको विश्वसनीयता निर्धारण गर्छ। अधिवेशन जस्तो महत्वपूर्ण संगठनात्मक कार्यक्रममा कार्यकर्ता र नेतृत्वबीच सहमति कायम हुन नसक्नुले संवादको कमी, व्यवस्थापनको कमजोरी वा प्रक्रियागत विवाद रहेको संकेत गर्दछ ।

बहिष्कारको निर्णय किन र कसरी आयो भन्ने विषयमा पार्टी नेतृत्वले स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक छ। असन्तुष्ट पक्षका गुनासा सुन्ने, निष्पक्ष छानबिन गर्ने र आवश्यक सुधारका कदम चाल्ने जिम्मेवारी पार्टी नेतृत्वकै हो। अन्यथा, यस्ता विवादले संगठनभित्र विभाजन बढाउने मात्र होइन, पार्टीप्रति आम नागरिकको विश्वाससमेत कमजोर बनाउन सक्छ ।

सिन्धुपाल्चोक क्षेत्र नं। २ राष्ट्रिय स्वतन्त्र पार्टी रासपा अभिभावक विहिन बन्दै गएको  एक वडाका सभापतीले जानकारी दिए । हालै फागुन २१ गतेको निर्वाचमा रासपा उमेद्धवार अजय श्रेष्ठ पराजय र संस्थापक जिल्ला सभापती मायाँ गुरुङको पार्टी प्रतिको चलायमान विश्राम लिएको अवस्थामा दिन प्रतिदिन ओरालो लाग्दै हो । राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्चीको पहिलो नगर अधिवेशन बहिष्कार तर्फ किन गयो भन्ने बिषय एक गम्भिर बहशको बिषय बनेको छ । संस्थापक पक्षधरबाट गुटबन्धि र सिन्डिकेट लादिएको भन्दै सभापती उमेदवार महेश चालिशेले बहिस्कार गरेका हुन् । 

जिल्ला सचिव चक्रमणि सिग्देलद्धारा परिचयपत्र पूर्णताको लागि जालझेल गरिएको पाइएको छ ।नगर कमिटी  निष्कृयको उपज हो । सदस्य र नगरकमिटिको परिचयपत्र नविकरणका लागि उपसभापति रन्जित थापाको सानिमा बैंक लि।को क्यूआर व्यक्तिगत खाता नं ०७७०११०६००००४३२ लेवीको लागि सामाजिक सञ्जालमा आवाह्यन गरिएको छ ।

राजनीतिक दलहरूले सदस्यता शुल्क, लेवी, चन्दा तथा अन्य वैधानिक स्रोतबाट आर्थिक व्यवस्थापन गर्ने प्रचलन नेपालमा सामान्य मानिन्छ। यसको आधार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र सम्बन्धित दलको विधान तथा नियमावलीमा रहेने ब्यावस्था छ । नगरकमिटिको खाता नं अथवा जिल्ला कमिटिको खाता नं। जम्मा गर्नु पर्ने व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बिद्यानमा उल्लेख छ । आजको खुल्ला सत्रमा आर्थिक प्रतिवेदन आयव्यायको कुनै सुनुवाई भएको थिएन । कार्यसमितिको नामावली काठमाडौँको ट्राभल्स् चावाहिलमा बसेर योजना बनाइएको एक निर्वातिच कमिटिका सदस्यले जानकारी दिए । उनले भने सबै प्रकृया त, हामीले काठमाडौँमा नै बसेर तयार पारेका थियौ केबल प्रकृयाको लागि मात्र मेलम्ची बजारमा कार्यक्रम राखेका हौं उनले भने ।सबै कुरा त भन्न मिलेन महेश चालिसेलाई जसरी पनि बाईकट गर्ने योजना हाम्रो समूहको थियो उनले भने ।

सभापतीका उमेद्धवार महेश चालिसे प्रतिको हर्कत, व्यावहारले वडा नं ३, ७, ८, ९, १० र ११ का सबै वडा सभापती र सदस्यले बहिस्कार गरेका थिए । करिव ७३.२३ प्रतिशतले चुनावको बहिस्कार गरेका हुन् । कतिपयमा आक्रोश देखिन्थे त, कतिपय निराष थिए । यता निर्वाचन कमिटीका पदाधिकारी माथि गम्भिर प्रश्न उठेको छ । यति धेरै करिव ७३।२३ विवादका विचमा पनि निर्वाचन कमिटीले संस्थापक पक्षको कुरा सुनेर एक तर्फि निर्णय लिनु आफैमा आर्थ लुकेको छ । सभापतीका उमेद्धवार महेश चालिसेले बिवादित बिषयलाई किनारा लगाएर मात्र निर्वाचन प्रकृया सक्न भनेका थिए । चालिसेको कुनै कुरा सुनुवाइ नभएपछि उनले चुनाव बहिस्कार गरेर हिडेका थिए ।

रास्वपाले आफूलाई परम्परागत राजनीतिक दलहरूको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ । त्यसैले उसले आफ्नै संगठनभित्र लोकतान्त्रिक मूल्य, विधि र पारदर्शिताको उच्च उदाहरण प्रस्तुत गर्नुपर्छ । आलोचना र असहमति लोकतन्त्रका स्वाभाविक पक्ष हुन्, तर तिनलाई सम्बोधन गर्ने क्षमता नै परिपक्व राजनीतिक संस्कृतिको परिचायक हो ।

मेलम्ची नगर अधिवेशन बहिष्कारको घटनाले रास्वपालाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गरेको छ । पार्टीले यसलाई केवल आन्तरिक विवादका रूपमा नभई संगठन सुदृढीकरणको चेतावनीका रूपमा ग्रहण गर्न सके भविष्यमा यस्ता समस्या दोहोरिनबाट रोक्न सकिनेछ। लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र कार्यकर्ताको विश्वास जोगाउने दायित्व अब पार्टी नेतृत्वको काँधमा छ ।


mediabaaji add

सम्बन्धित खबर

यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सुनसरी र सिराहा घटनामा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्नेसहितको ५ निर्णय गरिएको हो।

यी हुन् निर्णय

१, नेपालभित्र पैठारी वा उत्पादन ह...

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल...

मधेसमा मुख्यमन्त्रीको सकस : कांग्रेसका यादव र लोसपाका सोनलको दाबी

काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी आज पेस गर्नुपर्ने छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । नेपाली क...

आईजीपी खापुङको प्रश्न : गोली नचलाउँदा पनि प्रहरी दोषी, चलाए पनि बयान दिँदै हिँड्नुपर्ने ?

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगले प्रहरीसँग बयान लिएकोप्रति आपत्ति जनाएका छन् । इमेज टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा आईजीपी खापुङले पानी समेत नपिएर ड्युटीमा खटिएको प्रहरीलाई...

राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज

काठमाडौँ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मल्टि इनर्जी डेभलपमेन्ट प्रालिले २०७३ सालदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण...

बालेन र ओली एकैपटक झापा जाँदै

काठमाडौँ । झापा ५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह दुवै आज झापा जाँदैछन् । दुवैकाई आआफ्ना पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकोले दुवैको एकैदिन झापा यात्रालाई चासोपूर्वक हेरिएको...