राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्चीको पहिलो नगर अधिवेशन बहिष्कार : आन्तरिक लोकतन्त्र माथि प्रश्न
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो नगर अधिवेशन बहिष्कार भएको घटनाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ। नयाँ राजनीतिक संस्कार, पारदर्शिता र सुशासनको नारासहित उदाएको दलभित्र नै असन्तुष्टि चुलिँदै अधिवेशन बहिष्कारसम्मको अवस्था सिर्जना हुनु चिन्ताको विषय हो ।
राजनीतिक दलको शक्ति केवल जनसमर्थनमा मात्र सीमित हुँदैन । त्यसको संगठनात्मक संरचना, आन्तरिक लोकतन्त्र र नेतृत्व चयन प्रक्रियाले पनि दलको विश्वसनीयता निर्धारण गर्छ। अधिवेशन जस्तो महत्वपूर्ण संगठनात्मक कार्यक्रममा कार्यकर्ता र नेतृत्वबीच सहमति कायम हुन नसक्नुले संवादको कमी, व्यवस्थापनको कमजोरी वा प्रक्रियागत विवाद रहेको संकेत गर्दछ ।
बहिष्कारको निर्णय किन र कसरी आयो भन्ने विषयमा पार्टी नेतृत्वले स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक छ। असन्तुष्ट पक्षका गुनासा सुन्ने, निष्पक्ष छानबिन गर्ने र आवश्यक सुधारका कदम चाल्ने जिम्मेवारी पार्टी नेतृत्वकै हो। अन्यथा, यस्ता विवादले संगठनभित्र विभाजन बढाउने मात्र होइन, पार्टीप्रति आम नागरिकको विश्वाससमेत कमजोर बनाउन सक्छ ।
सिन्धुपाल्चोक क्षेत्र नं। २ राष्ट्रिय स्वतन्त्र पार्टी रासपा अभिभावक विहिन बन्दै गएको एक वडाका सभापतीले जानकारी दिए । हालै फागुन २१ गतेको निर्वाचमा रासपा उमेद्धवार अजय श्रेष्ठ पराजय र संस्थापक जिल्ला सभापती मायाँ गुरुङको पार्टी प्रतिको चलायमान विश्राम लिएको अवस्थामा दिन प्रतिदिन ओरालो लाग्दै हो । राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्चीको पहिलो नगर अधिवेशन बहिष्कार तर्फ किन गयो भन्ने बिषय एक गम्भिर बहशको बिषय बनेको छ । संस्थापक पक्षधरबाट गुटबन्धि र सिन्डिकेट लादिएको भन्दै सभापती उमेदवार महेश चालिशेले बहिस्कार गरेका हुन् ।
जिल्ला सचिव चक्रमणि सिग्देलद्धारा परिचयपत्र पूर्णताको लागि जालझेल गरिएको पाइएको छ ।नगर कमिटी निष्कृयको उपज हो । सदस्य र नगरकमिटिको परिचयपत्र नविकरणका लागि उपसभापति रन्जित थापाको सानिमा बैंक लि।को क्यूआर व्यक्तिगत खाता नं ०७७०११०६००००४३२ लेवीको लागि सामाजिक सञ्जालमा आवाह्यन गरिएको छ ।
राजनीतिक दलहरूले सदस्यता शुल्क, लेवी, चन्दा तथा अन्य वैधानिक स्रोतबाट आर्थिक व्यवस्थापन गर्ने प्रचलन नेपालमा सामान्य मानिन्छ। यसको आधार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र सम्बन्धित दलको विधान तथा नियमावलीमा रहेने ब्यावस्था छ । नगरकमिटिको खाता नं अथवा जिल्ला कमिटिको खाता नं। जम्मा गर्नु पर्ने व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बिद्यानमा उल्लेख छ । आजको खुल्ला सत्रमा आर्थिक प्रतिवेदन आयव्यायको कुनै सुनुवाई भएको थिएन । कार्यसमितिको नामावली काठमाडौँको ट्राभल्स् चावाहिलमा बसेर योजना बनाइएको एक निर्वातिच कमिटिका सदस्यले जानकारी दिए । उनले भने सबै प्रकृया त, हामीले काठमाडौँमा नै बसेर तयार पारेका थियौ केबल प्रकृयाको लागि मात्र मेलम्ची बजारमा कार्यक्रम राखेका हौं उनले भने ।सबै कुरा त भन्न मिलेन महेश चालिसेलाई जसरी पनि बाईकट गर्ने योजना हाम्रो समूहको थियो उनले भने ।
सभापतीका उमेद्धवार महेश चालिसे प्रतिको हर्कत, व्यावहारले वडा नं ३, ७, ८, ९, १० र ११ का सबै वडा सभापती र सदस्यले बहिस्कार गरेका थिए । करिव ७३.२३ प्रतिशतले चुनावको बहिस्कार गरेका हुन् । कतिपयमा आक्रोश देखिन्थे त, कतिपय निराष थिए । यता निर्वाचन कमिटीका पदाधिकारी माथि गम्भिर प्रश्न उठेको छ । यति धेरै करिव ७३।२३ विवादका विचमा पनि निर्वाचन कमिटीले संस्थापक पक्षको कुरा सुनेर एक तर्फि निर्णय लिनु आफैमा आर्थ लुकेको छ । सभापतीका उमेद्धवार महेश चालिसेले बिवादित बिषयलाई किनारा लगाएर मात्र निर्वाचन प्रकृया सक्न भनेका थिए । चालिसेको कुनै कुरा सुनुवाइ नभएपछि उनले चुनाव बहिस्कार गरेर हिडेका थिए ।
रास्वपाले आफूलाई परम्परागत राजनीतिक दलहरूको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ । त्यसैले उसले आफ्नै संगठनभित्र लोकतान्त्रिक मूल्य, विधि र पारदर्शिताको उच्च उदाहरण प्रस्तुत गर्नुपर्छ । आलोचना र असहमति लोकतन्त्रका स्वाभाविक पक्ष हुन्, तर तिनलाई सम्बोधन गर्ने क्षमता नै परिपक्व राजनीतिक संस्कृतिको परिचायक हो ।
मेलम्ची नगर अधिवेशन बहिष्कारको घटनाले रास्वपालाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गरेको छ । पार्टीले यसलाई केवल आन्तरिक विवादका रूपमा नभई संगठन सुदृढीकरणको चेतावनीका रूपमा ग्रहण गर्न सके भविष्यमा यस्ता समस्या दोहोरिनबाट रोक्न सकिनेछ। लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र कार्यकर्ताको विश्वास जोगाउने दायित्व अब पार्टी नेतृत्वको काँधमा छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ
काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्...
ईश्वर पोखरेल काठमाडौँ-५ बाट चुनाव लड्ने !
काठमाडौँ । नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम काठमाडौं निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ । आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ मा हुने नि...
माओवादी र एकीकृत समाजवादीसहितका ९ दलबीच एकता घोषणा आज
काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा सभा राखिएको छ। एकता घोषण सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी...
जेनजी आन्दोलनको घटनामा ओली नेतृत्वको सरकार दोषी : एमाले उपाध्यक्ष पाण्डे
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेनजी आन्दोलनको क्रममा २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्कालीन प्रधानमन्त्री तथा एमाले...
सुधन गुरुङको नागरिकता नक्कली भएको भन्दै छानबिन गर्न माग
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पदाधिकारी बैठकले हामी नेपालका संयोजक सुधन गुरुङको नागरिकताको सत्यता छानबिन गर्न सरकारसँग माग गरेको छ । संघका प्रवक्ता निरोज पौडेलले भने, ‘सुधन गुरुङको नागरिकता सक्...
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताएकी छिन् । मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव...



