बिहिबार, ११ भदौ २०८३
नेपाली

काठमाडौँमा बस दुर्घटना : अर्का मृतकको पनि पहिचान खुल्यो

Main News Image

काठमाण्डौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चार जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक मृतक पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको प्रहरीले जनाएको छ । 

यसअघि मृतक तीन जनाको पहिचान खुलेपछि लिम्बूको पहिचान खुल्न बाँकी थियो।  दुर्घटनामा २२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउने अन्य तीन जनामा बाँकेको कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता छिन् । मंगलबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवा वनभोज गएर साँखुतर्फ फर्कँदै गरेको बा।४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल र टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ । 

mediabaaji add

सम्बन्धित खबर

दाउन्ने खण्डको सडक निर्माण अन्तिम चरणमा

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाले यस खण्डमा गरिएको कंक्रिट ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी गरेको छ। सडक विभागअन्तर्गत आयोजना निर्देशनालय एडीबी का आयोजना निर्देशक चुडाराज ढ...

आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी

काठमाण्डौँ । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज सोमबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन् । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर...

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा...

भरतपुर महानगरमा धाउँदा धाउँदा थकित धुर्मुसले भने : अब फर्केर आउँदिन

चितवन । कलाकार सीताराम कट्टेल धुर्मुसले भरतपुर महानगरपालिकाले आफूलाई धोका दिएको बताएका छन् । चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणबाट हात झिकेका धुर्मुसलाई महानगरले दिनुपर्ने रकम नदिएर हैरान बना...

महाशिवरात्रीको दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुल्ला गरिने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा...

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुला गरिने

काठमाडौँ । सडक विभागले नागढुंगा सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने भएको छ । हाल उक्त सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र प्रयोगमा ल्याइएको छ ।

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई शुभर...