तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका ६ राजाचोक नजिकै सञ्चालित ‘शिव ईम्पोरियम’ पसलमा छापा मारी सञ्चालक श्यामसुन्दर अग्रवाललाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार पक्राउ परेका अग्रवालको साथबाट बरामद गरिएका सुन तथा चाँदीका गरगहना राखिएका बट्टा, पोका र डिब्बाहरू गरी कुल १८५ थान बरामद गरिएको छ, जसको अनुमानित बजार मूल्य झन्डै तीन करोड रुपैयाँ बराबर रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । उपत्यका...
काठमाडौंमा श्रृंखलावद्ध चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो
काठमाडौँ । काठमाडौं महानगरपालिका-६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको ६५ तोला सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी...
लागूऔषध नियन्त्रणदेखि बाढीमा उद्धारसम्म — प्रहरी निरीक्षक यादव बने ‘बेस्ट पुलिस अफ द मन्थ’
काठमाण्डौँ । काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक श्यामसुन्दर यादवलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरिएको छ । लागूऔषध नियन्त्रण अभियानमा सक्रिय भूमिका खेल्दै उनले धुलिखेल–११ बाट करिब १८ केजी गाँजा बरामद गर्न सफल...
पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ
काठमाडौँ । पैदलयात्रीलाई कुटपिट गरेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकमा भएको हो...
राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी पासपोर्ट बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । इ...
एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
काठमाडौँ । दाङ को तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४...



