शुक्रबार, १२ भदौ २०८३
नेपाली

एकताबद्ध जनसांस्कृतिक आन्दोलनको आह्वान, कोशी प्रदेशमा ७५ सदस्यीय नयाँ समिति गठन

Main News Image

 सुनसरी । जनसांस्कृतिक महासङ्घ नेपाल (कोशी प्रदेश) को एकता बैठक सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ । बैठकले प्रगतिवादी साहित्यकार प्रा.डा. खेमराज खनाललाई प्रदेश संयोजक र जनवादी कलाकार खुश्बु राईलाई सहसंयोजक चयन गर्दै ७५ सदस्यीय प्रदेश समिति गठन गरेको छ।

प्रदेशका १४ वटै जिल्ला तथा महासङ्घअन्तर्गतका सात आङ्गिक संगठनलाई समेटेर समिति विस्तार गरिएको महासङ्घले जनाएको छ । महासङ्घमा जनसाहित्य सङ्घ, जनकलाकार सङ्घ, जननाट्यकर्मी सङ्घ, जनपक्षीय चलचित्रकर्मी सङ्घ, इतिहास तथा समाजशास्त्र सङ्घ, भाषा तथा लोकवार्ता सङ्घ तथा ललितकला सङ्घ आबद्ध छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य चिरन पुनले साहित्य, कला, गीत–सङ्गीत र संस्कृतिमार्फत समाज रूपान्तरणको अभियानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए। उनले आधुनिक प्रविधिसँग जोडिएर सिर्जना र सांस्कृतिक गतिविधिलाई समयअनुकूल अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

विशिष्ट अतिथि तथा महासङ्घका केन्द्रीय संयोजक भीम कुमाखीले संगठनात्मक एकता, वैचारिक स्पष्टता र सुदृढ संगठन निर्माणमा जोड दिए। कार्यक्रममा प्रदेश इन्चार्ज घनराज सुब्बा, निवर्तमान अध्यक्ष चेतनाथ धमला लगायतले पनि जनसांस्कृतिक आन्दोलनलाई विभाजनमुक्त र एकताबद्ध बनाउँदै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

नवनिर्वाचित प्रदेश संयोजक खेमराज खनालले महासङ्घलाई वैचारिक र संगठनात्मक रूपमा अझ सक्रिय, गतिशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। बैठकले अन्त्यमा टुटफुट र विभाजनको राजनीतिविरुद्ध जनसांस्कृतिककर्मीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देशसहित जनपक्षीय सांस्कृतिक आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।


mediabaaji add

सम्बन्धित खबर

हेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति

हेटौंडा । लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ। हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत...

महाकवि देवकोटाको ११७ औं जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक...

यस्तो छ आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ । काठमाडौं उपत्यका चिसो बढ्दै गइरहेको छ । तर, आज बिहान हिजोको तुलनामा थोरै तापक्रम बढी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्...

विश्वविद्यालयको प्रशासनिक ढिलासुस्तीको सजाय विद्यार्थीलाई दिन मिल्दैन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले विश्वविद्यालयको आन्तरिक सुस्तता वा प्रशासनिक ढिलासुस्तीका कारण विद्यार्थीले पाउनुपर्ने हक र सम्मानबाट वञ्चित गर्न नमिल्ने भनी व्याख्या गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले एलएलएम तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थ...

एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को परीक्षा केन्द्र निर्धारणका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ ।

विगतका वर्षमा पर...

आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्ति वा मकर संक्रान...