बिहिबार, २५ भदौ २०८३
नेपाली

नगद कारोबारको सीमा ५ लाख कायम, १० लाखको व्यवस्था खारेज

Main News Image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गरेको हो । यसअघि १० लाखसम्म रहेको नगद कारोबारको सीमा घटाएर ५ लाखमा झारिएको छ । सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्ने उद्देश्यले नगद कारोबारको सीमा घटाएको जनाएको छ ।

सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । सोही निर्णयअनुसार केन्द्रीय बैंकले चेकबाट प्रति पटक झिक्न सकिने नगद ५ लाखमा सीमित गरेको हो । ५ लाखभन्दा बढी रकम भने सम्बन्धित व्यक्तिको खातामै जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । हरेक कारोबार नगदमा गर्दा ५ लाखभन्दा कम हुनुपर्नेछ । ५ लाखभन्दा बढीको कारोबार भने एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्नेछ ।

तर, यस व्यवस्थाले सामाजिक कार्य वा व्यापारमार्फत नगद सङ्कलन गर्नेलाई असर नगर्ने बताइएको छ । फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी पनि एकाउन्ट पेयीमै गर्नुपर्नेछ । तर, कुनै निक्षेपकर्ता वा बचतकर्ताले विशेष कारणसहित नगद भुक्तानीका लागि निवेदन दिएमा अपवाद लागू हुन सक्नेछ ।


mediabaaji add

सम्बन्धित खबर

भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रब...

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ...

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो वार्षिक साधारण सभा

काठमाडौँ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण...

नेप्सेमा १०.२५ अंकको गिरावट, ८ अर्ब ६१ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक  १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाखको सेयर कारोबार भएको छ । आज ७४ कम्पनीको स...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले  आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।

संस्कृती...