शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

ओलीलाई केन्द्रीय सदस्यहरूको आग्रह : अब नेतृत्व होइन, अभिभावक बन्नुस्

Main News Image

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे बहस हुन थालेको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटले पार्टीभित्र नयाँ नेतृत्वको माग चुलिएको हो । गत भदौ २२ गते सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले अध्यक्षको उमेर हद र कार्यकाल सीमा हटाएर ओली पुनः अध्यक्ष बन्ने बाटो खुला गरेको थियो । तर जेनजी आन्दोलनपछिको परिस्थितिमा त्यो बाटोले एमालेभित्र फरक मोड लिएको छ ।

बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने अधिकांश सदस्यले ओलीलाई मंसिरसम्म मात्र नेतृत्वमा रहन दिनुपर्ने बताएका छन् । पोखरामा मंसिर अन्तिम साता हुने महाधिवेशनपछि भने नयाँ नेतृत्व आउनुपर्ने अधिकांश केन्द्रीय सदस्यको भनाइ छ । बिहीबारसम्म बोल्ने १९६ मध्ये केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरसहित १० जना केन्द्रीय सदस्यले भने राजीनामा शब्द नै प्रयोग गरेर बोलेका स्रोतको भनाइ छ ।

नेकपा एमालेको सचिवालय बैठकले मंसिर अन्तिम साता पोखरामा ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरिसकेको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अनुसार केन्द्रीय कमिटीमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । कुल ३४२ केन्द्रीय सदस्य रहेको बैठकमा दोस्रो दिन १४६ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए ।

त्यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न पनि दबाब बढेको छ । पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राख्ने र सम्मानजनक ढङ्गले पार्टीको काममा फर्कन पाउनुपर्ने विषय पनि केही केन्द्रीय सदस्यहरूले उठाएका हुन् ।

साथै, नेतृत्वको निरन्तरता अबको निकास नहुने भएकाले समयको पदचाप बुझ्न ओलीलाई अधिकांश केन्द्रीय सदस्यहरूको आग्रह छ । पोखरामा हुने महाधिवेशनबाट ओलीलाई अभिभावकीय भूमिकामा बस्नसमेत केन्द्रीय सदस्यहरूले आग्रह गरेका हुन् । केन्द्रीय कमिटी बैठकमा अहिले नेताहरूले खुलेर आफ्नो कुरा राखिरहेका छन् । एक जनालाई बोल्न ३ मिनेटको समय दिइएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाइसकिएको पुष्टि गरेको छ । विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रणधीर जैसवालले उक्त जानकारी दिएका हुन् ।

रवि लामिछाने भारततर्फ प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् । उनी पत्नी निकितासहित भारततर्फ प्रस्थान गरेका हुन् ।

आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट...

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रत...

धनगढीमा बालेन र रविको क्रेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज धनगढीमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ। यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका छन् ।

सभाम...

सञ्चारमन्त्रीद्वारा गोंगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोंगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्ण...

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया आज बिहान ८ बजेबाट शुरु हुँदैछ । मंगलबार मतदान हुने भनिएपनि पटक(पटक समय परिवर्तन गरेर अन्तिम समयमा स्थगित गरिएको हो ।