ओलीलाई केन्द्रीय सदस्यहरूको आग्रह : अब नेतृत्व होइन, अभिभावक बन्नुस्
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे बहस हुन थालेको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटले पार्टीभित्र नयाँ नेतृत्वको माग चुलिएको हो । गत भदौ २२ गते सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले अध्यक्षको उमेर हद र कार्यकाल सीमा हटाएर ओली पुनः अध्यक्ष बन्ने बाटो खुला गरेको थियो । तर जेनजी आन्दोलनपछिको परिस्थितिमा त्यो बाटोले एमालेभित्र फरक मोड लिएको छ ।
बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने अधिकांश सदस्यले ओलीलाई मंसिरसम्म मात्र नेतृत्वमा रहन दिनुपर्ने बताएका छन् । पोखरामा मंसिर अन्तिम साता हुने महाधिवेशनपछि भने नयाँ नेतृत्व आउनुपर्ने अधिकांश केन्द्रीय सदस्यको भनाइ छ । बिहीबारसम्म बोल्ने १९६ मध्ये केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरसहित १० जना केन्द्रीय सदस्यले भने राजीनामा शब्द नै प्रयोग गरेर बोलेका स्रोतको भनाइ छ ।
नेकपा एमालेको सचिवालय बैठकले मंसिर अन्तिम साता पोखरामा ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरिसकेको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अनुसार केन्द्रीय कमिटीमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । कुल ३४२ केन्द्रीय सदस्य रहेको बैठकमा दोस्रो दिन १४६ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए ।
त्यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न पनि दबाब बढेको छ । पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राख्ने र सम्मानजनक ढङ्गले पार्टीको काममा फर्कन पाउनुपर्ने विषय पनि केही केन्द्रीय सदस्यहरूले उठाएका हुन् ।
साथै, नेतृत्वको निरन्तरता अबको निकास नहुने भएकाले समयको पदचाप बुझ्न ओलीलाई अधिकांश केन्द्रीय सदस्यहरूको आग्रह छ । पोखरामा हुने महाधिवेशनबाट ओलीलाई अभिभावकीय भूमिकामा बस्नसमेत केन्द्रीय सदस्यहरूले आग्रह गरेका हुन् । केन्द्रीय कमिटी बैठकमा अहिले नेताहरूले खुलेर आफ्नो कुरा राखिरहेका छन् । एक जनालाई बोल्न ३ मिनेटको समय दिइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन आयोगको तयारी तीव्र : जिल्ला अनुसारका नमूना मतपत्रहरू सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रका नमूनाहरू सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका जिल्लाहरूलाई समेटेर मतपत्रको ढाँचा बाहिर ल्याएको हो । यसपटक एउटा...
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका न...
म मेरो तर्कमा अडिग छु, सिंह दया र करुणाको प्रतीक होइन : हरि ढकाल
काठमाण्डौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले सिंह हिंस्रक, घमण्ड र शासककै प्रतीक भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि ढकालले यस्तो बताएका हुन् ।
ढकालले आइतबार एक कार्यक्...
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने भएका छन् । गृहमन्त्री गुरुङ आज आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका हुन् । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका स...
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकता सहमतिपछि भेट भएको छ । नेपाललाई भेट्न माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्...
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् । आइतबार काठमा...



