ओलीलाई केन्द्रीय सदस्यहरूको आग्रह : अब नेतृत्व होइन, अभिभावक बन्नुस्
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे बहस हुन थालेको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटले पार्टीभित्र नयाँ नेतृत्वको माग चुलिएको हो । गत भदौ २२ गते सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले अध्यक्षको उमेर हद र कार्यकाल सीमा हटाएर ओली पुनः अध्यक्ष बन्ने बाटो खुला गरेको थियो । तर जेनजी आन्दोलनपछिको परिस्थितिमा त्यो बाटोले एमालेभित्र फरक मोड लिएको छ ।
बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने अधिकांश सदस्यले ओलीलाई मंसिरसम्म मात्र नेतृत्वमा रहन दिनुपर्ने बताएका छन् । पोखरामा मंसिर अन्तिम साता हुने महाधिवेशनपछि भने नयाँ नेतृत्व आउनुपर्ने अधिकांश केन्द्रीय सदस्यको भनाइ छ । बिहीबारसम्म बोल्ने १९६ मध्ये केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरसहित १० जना केन्द्रीय सदस्यले भने राजीनामा शब्द नै प्रयोग गरेर बोलेका स्रोतको भनाइ छ ।
नेकपा एमालेको सचिवालय बैठकले मंसिर अन्तिम साता पोखरामा ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरिसकेको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अनुसार केन्द्रीय कमिटीमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । कुल ३४२ केन्द्रीय सदस्य रहेको बैठकमा दोस्रो दिन १४६ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए ।
त्यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न पनि दबाब बढेको छ । पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राख्ने र सम्मानजनक ढङ्गले पार्टीको काममा फर्कन पाउनुपर्ने विषय पनि केही केन्द्रीय सदस्यहरूले उठाएका हुन् ।
साथै, नेतृत्वको निरन्तरता अबको निकास नहुने भएकाले समयको पदचाप बुझ्न ओलीलाई अधिकांश केन्द्रीय सदस्यहरूको आग्रह छ । पोखरामा हुने महाधिवेशनबाट ओलीलाई अभिभावकीय भूमिकामा बस्नसमेत केन्द्रीय सदस्यहरूले आग्रह गरेका हुन् । केन्द्रीय कमिटी बैठकमा अहिले नेताहरूले खुलेर आफ्नो कुरा राखिरहेका छन् । एक जनालाई बोल्न ३ मिनेटको समय दिइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
फागुन २१ को निर्वाचनका लागि मेयर त्याग्दै हर्क साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको नेतृत्वबाट बिदा लिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिने भएका छन् । मेयर साम्पाङका साम्पाङका निकट सहयोगी तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस...
एमाले सचिवालय बैठक च्यासलमा बस्दै, महाधिवेशनका विषयमा छलफल हुने
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन् । जेनजी आन्दोल...
पुष्पलाल स्मृति दिवस मनाइँदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार...
ओलीसँग पोखरेलको प्रतिश्पर्धा निश्चित
काठमाडौँ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बिहीबार सचिवालय बैठकमा उनले आगामी महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने औपचारिक रूपमा जानकार...
वडा-वडामा मतदाता दर्ता अभियानमा सक्रिय हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका मातहतका सबै संगठनलाई मतदाता नामावली अद्यावधिकमा सक्रिय हुन निर्देशन दिएका छन् । निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म नयाँ मतदाता द...
रविविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ । सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाई गदै जिल...



