शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

कांग्रेस पार्टी फुट्न लागेको सभापति देउवाले नै स्वीकार गरे

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन हुन लागेको कुरा स्वीकार गरेका छन् । कांग्रेभित्रको विवाद समाधान गर्नका लागि सभापतिको ध्यानाकर्षण गराउन पुगेका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो स्वीकार गरेका हुन् । सो भेटमा सभापति देउवाले आफूले पार्टी विभाजन नहोस् भन्ने चाहेको बताएका छन् । देउवालाई भेट्न पुगेका केन्द्रीय सदस्यहरू निर्वाचनअगाडि नै महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गरिरहेका केन्द्रीय सदस्यहरू हुन् । उनीहरूले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्नेछन् ।

यो समूह चुनाबअगाडि नै नियमित महाधिवेशनको पक्षमा छ । उनीहरू विशेष महाधिवेशनको पक्षमा भने छैनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हिजो नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनको मिति घोषणा गरेपछि यो समूह पार्टीका विवाद मिलाउन भन्दै सक्रिय भएको हो ।

१६ पुसका लागि तय भएको वडा अधिवेशन नभएपछि महामन्त्रीहरूले नियमित अधिवेशन स्थगित गरेर विशेष महाधिवेशन घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशन २७ पुसदेखि गर्ने बताएका छन् । यसका लागि भृकुटीमण्डपमा हल पनि बुक भइसकेको छ । पछिल्ला घटनाक्रमले पार्टीभित्र विवाद चर्किएपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

कांग्रेस केन्द्रीय समिति बैठक : एकता कायम गर्दै निर्वाचनमा केन्द्रित हुन अपिल

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम राख्दै आगामी दिनमा अघि बढ्ने निर्णय गरेको छ । शनिबार काठमाडौँमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचनलगायतका चुनौती सामना गर्...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले...

जसपा नेपालद्वारा लुम्बिनीका ४ सांसद र जनप्रतिनिधिसहित दर्जनौं नेता निष्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल जसपाले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरूलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा...

ईश्वर पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । त्यसका लागि अध्यक्षका दाबेदार रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पदको टुंगो लगाएका छन् । पोखर...

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आइतबार आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे । रास्वपाका तर्फबाट कार...

ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटका लागि साझा आधार तय गर्दै तल्लो तहसम्म ५ बुँदे विशेष निर्देशन सर्कुलर जारी गरेका छन् ।

दुई दलबिच गत साउन ९ गते भएको तीनबुँदे राजनीतिक सहमतिलाई...