कांग्रेस पार्टी फुट्न लागेको सभापति देउवाले नै स्वीकार गरे
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन हुन लागेको कुरा स्वीकार गरेका छन् । कांग्रेभित्रको विवाद समाधान गर्नका लागि सभापतिको ध्यानाकर्षण गराउन पुगेका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो स्वीकार गरेका हुन् । सो भेटमा सभापति देउवाले आफूले पार्टी विभाजन नहोस् भन्ने चाहेको बताएका छन् । देउवालाई भेट्न पुगेका केन्द्रीय सदस्यहरू निर्वाचनअगाडि नै महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गरिरहेका केन्द्रीय सदस्यहरू हुन् । उनीहरूले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्नेछन् ।
यो समूह चुनाबअगाडि नै नियमित महाधिवेशनको पक्षमा छ । उनीहरू विशेष महाधिवेशनको पक्षमा भने छैनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हिजो नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनको मिति घोषणा गरेपछि यो समूह पार्टीका विवाद मिलाउन भन्दै सक्रिय भएको हो ।
१६ पुसका लागि तय भएको वडा अधिवेशन नभएपछि महामन्त्रीहरूले नियमित अधिवेशन स्थगित गरेर विशेष महाधिवेशन घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशन २७ पुसदेखि गर्ने बताएका छन् । यसका लागि भृकुटीमण्डपमा हल पनि बुक भइसकेको छ । पछिल्ला घटनाक्रमले पार्टीभित्र विवाद चर्किएपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
२०५६ पछि पहिलोपटक निर्वाचन सुरक्षाको फ्रन्टलाइनमा सेना, अहिल्यैदेखि फिल्डमा निकालिँदै
काठमाडौँ । निर्वाचन लक्षित गरेको सरकारले यसपटक नेपाली सेनालाई सुरक्षा मोर्चाको अग्र भागमा सार्ने भएको छ । केन्द्रीय सुरक्षा समितिले तयार पारेको सुरक्षा कार्ययोजना अनुसार सेनाको कमाण्डमा तीन वटै सुरक्षा अंग परिचालन हुने...
सातामा दुई दिन सार्वजनिक बिदा तत्काल हटाउँदैनौँ : मन्त्री गौतम
काठमाडौँ । सरकारले हाल कायम रहेको सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको सरकारका तर्फबाट जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता...
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपांगता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउ...
कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलन अघि बढाउनुपर्छ : झलनाथ खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै फुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले अहिले कम्युनिष्ट आन्दोलन...
मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आदेश जारी गर्दै, तोकिएको समय...
फागुन २१ अघि महाधिवेशन हुनुपर्छ, म सभापतिमा उम्मेदवारी दिन्छु : गगन थापा
काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आागामी संसदीय निर्वाचनअघि पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ गते अघि नै पार्टीको १५ औँ महाधिवेशन हुनुपर्ने ब...



