आइतबार, ०८ कात्तिक २०८३
नेपाली

कांग्रेस पार्टी फुट्न लागेको सभापति देउवाले नै स्वीकार गरे

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन हुन लागेको कुरा स्वीकार गरेका छन् । कांग्रेभित्रको विवाद समाधान गर्नका लागि सभापतिको ध्यानाकर्षण गराउन पुगेका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो स्वीकार गरेका हुन् । सो भेटमा सभापति देउवाले आफूले पार्टी विभाजन नहोस् भन्ने चाहेको बताएका छन् । देउवालाई भेट्न पुगेका केन्द्रीय सदस्यहरू निर्वाचनअगाडि नै महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गरिरहेका केन्द्रीय सदस्यहरू हुन् । उनीहरूले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्नेछन् ।

यो समूह चुनाबअगाडि नै नियमित महाधिवेशनको पक्षमा छ । उनीहरू विशेष महाधिवेशनको पक्षमा भने छैनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हिजो नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनको मिति घोषणा गरेपछि यो समूह पार्टीका विवाद मिलाउन भन्दै सक्रिय भएको हो ।

१६ पुसका लागि तय भएको वडा अधिवेशन नभएपछि महामन्त्रीहरूले नियमित अधिवेशन स्थगित गरेर विशेष महाधिवेशन घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशन २७ पुसदेखि गर्ने बताएका छन् । यसका लागि भृकुटीमण्डपमा हल पनि बुक भइसकेको छ । पछिल्ला घटनाक्रमले पार्टीभित्र विवाद चर्किएपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

काठमाडौँ । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग...