उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अरनिको राजमार्ग असार २२ देखि १५ दिन राति बन्द गरिने
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन यही असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ देखि आउँदो साउन ४...
वीरगञ्जको सम्पदा जोगाउन काठमाडौंमा प्रदर्शन
काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलामा वीरगञ्जको ऐतिहासिक तथा प्राचीन सम्पदा संरक्षणको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले ‘वीरगञ्जमा डोजर आतंक बन्द गर’, ‘वीरगञ्जको ऐतिहासिक प्राचीन सम्पदा मास्न पाइदैन’ लेखिएका पम्प्लेट बोकेर विर...
तिब्बतमा पहिरोले थुनिएर बनेको विशाल ताल फुट्यो, भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम
रसुवा । चीनको तिब्बतस्थित ल्हेन्दी नदीको माथिल्लो भागमा हिमपहिरोपछि नदी थुनिएर बनेको ठूलो प्राकृतिक ताल फुटेको छ। चिनियाँ अधिकारीहरूले उक्त ताल फुटेको औपचारिक जानकारी नेपाली पक्षलाई गराएका छन् । तिब्बतको छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको...
२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ल...
कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली भई कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर...
स्थानीय तहले राजमार्गमा कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले उठाउने कर तथा सडक उपयोग शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ ले भद...



