देशैभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने
काठमाडौँ । हाल देशभर मनसनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यसकै प्रभावका कारण कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने तराईका भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
एक्सप्रेस
सम्बन्धित खबर
रसुवाबाट फेरि बाढी आएको सूचनापछि काठमाडौं–मुग्लिन सडक बन्द
काठमाडौँ । रसुवाबाट फेरि बाढी आएको सूचना प्राप्त भएपछि प्रहरीले नदी तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नदीजन्य तटीय क्षेत्रका सम्पूर्ण बासिन्दाल...
लगातारको पहिरोले मुख्य राजमार्ग ठप्प, कहाँ कहाँ बन्द छ ?
काठमाडौँ । केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका ३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका ४ खहरे ख...
तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समय...
मौसम अपडेट : आज यी प्रदेशहरूमा हुँदैछ भारी वर्षा र हिमपात, कतै–कतै हावाहुरीको पनि सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका केह...
भोलिदेखि पुन आउँदैछ वर्षा गराउने प्रणाली
काठमाण्डौँ । मौसमविदले बिहीबारबाट पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन् । मौसमविद् विनोद पोखरेलले बिहीबार बेलुकाबाट पश्चिम नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सहप्राध्याप...
राष्ट्रिय परिचयपत्र बनाउन झन्झट अन्त्य, अब फाराम भर्नु नपर्ने व्यवस्था लागू
काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने झन्झट हटाउने व्यवस्था लागू गरेको छ। अब सेवाग्राहीहरूले अलग्गै आवेदन फाराम भर्नुपर्ने बाध्यता बिना नै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन् । मन्त्रालयका अनुसार क...



