देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदलीको अवस्था रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ ।
यसै प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न दूतावासको अनुरोध
काठमाडौँ । नेपाली दूतावास कतार, दोहाले नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ । मध्यपूर्वको तनावका कारण घर फर्किन चाहने कतारमा रहेका नेपालीलाई दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
दूतावासले भिसा केन्द्रको फोन नम्बरसमेत...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचार(प्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल...
धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौँ फिर्ता
काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौँ नै फर्किएको छ। जहाज अवतरण हुन नसकी काठमाडौँ फिर्ता भएपछि जहाजमा रहेका ८० जना यात्रुहरू अलपत्र परेका छन् ।
उक्त जहाजमा सवार सञ...
मुग्लिन–पोखरा सडक १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने, यी हुन् वैकल्पिक मार्ग
काठमाडौँ । मुग्लिन–पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजन...
प्रहरी हिरासतमा युवाको ज्यान गयो, कारण अन्तरजातीय विवाह
रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ । वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको...
आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा
काठमाडौँ । आज राति देशभर साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश...



