बुधबार, ११ कात्तिक २०८३
नेपाली

देशका विभिन्न भागमा वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

Main News Image

काठमाण्डौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

आज देशभर मौसम सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ । आज दिउँसो कोशी प्रदेश,...

नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु

काठमाडौँ । काठमाडौंमा मंगलबारदेखि वाई फाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुलचोकबाट सुरु गरिएको हो ।...

पूर्वी नेपालमा मौसम सुधारिँदै, पश्चिममा आइतबारसम्मै भारी वर्षाको जोखिम

काठमाडौँ । पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार हुँदै गए पनि देशका पश्चिमी भूभागहरूमा भने मौसमी प्रणालीको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबारसम्मै भारी वर्षाको सम्भावना रहे...

हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

यस मौसमी प्रणालीका कारण देशका हिमाली र पहाडी भूभागका साथै गण्डकी र बागमती प्रदेशको तराई क्षेत्रमा साधारणतया...