देशभर बदली : तराईमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन तथा चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
काठमाडौँ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पह...
धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौँ फिर्ता
काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौँ नै फर्किएको छ। जहाज अवतरण हुन नसकी काठमाडौँ फिर्ता भएपछि जहाजमा रहेका ८० जना यात्रुहरू अलपत्र परेका छन् ।
उक्त जहाजमा सवार सञ...
नयाँ प्रणालीबाट विद्युतीय राहदानी
काठमाण्डौँ । अब सरकारले वितरण गर्ने विद्युतीय राहदानी नयाँ प्रणालीमार्फत नागरिकले पाउने भएका छन् । नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ ।
विगतमा फ्रान्सको आइडिया कम्पनीको प्रविध...
उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु
काठमाण्डौँ । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आगलागी हुँदा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको छ । आगलागीबाट लक्ष्मीनारायणको घरसहित रबिन कुमार दास र सकलदेवको घर जलेको छ र अस्मिता खड्का घाइते भएकी...
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल
काठमाण्डौँ । आज बुधबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस देखिएको हो।...
नारायणघाट-बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
नारायणघाट । बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।
जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सड...



