पहाडी भेगमा बदली र वर्षा, मधेस र लुम्बिनीमा आगामी तीन दिन तातो लहर चल्ने
काठमाडौँ । मुलुकको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। तराईका अधिकांश क्षेत्रमा भने हाल मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । यस क्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य हिमाली र पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँसहित देशभर मनसुनी वायुको असर : कुन-कुन क्षेत्रमा छ पानी पर्ने सम्भावना ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
आज देशका हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्नुका साथ...
मौसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराई...
सर्वोच्चको आदेश- शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्नू
काठमाडौँ । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ । शैक्षिक सत्र सुरु नभई कतिपय विद्यालयले विद्यार्थी भर्ना गरेको भनी प्रश्न उठाएर दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतल...
मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दा देशभर वर्षा
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ । अहिले देशभर साधारणतया बादल लागिरहेको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा...
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका केही संस्थागत विद्यालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदशेको उलङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको सप्रमाण तथ्यहरू बाहिर...
भोटेकोशी बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा मृत्यु भएकाहरूको सम्झनामा घटनाको १३औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको...



