शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

पहाडी भेगमा बदली र वर्षा, मधेस र लुम्बिनीमा आगामी तीन दिन तातो लहर चल्ने

Main News Image

काठमाडौँ । मुलुकको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। तराईका अधिकांश क्षेत्रमा भने हाल मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । यस क्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य हिमाली र पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।


mediabaaji add

सम्बन्धित खबर

नयाँ प्रणाली लागू गरिँदै, असार २४ देखि २६ गतेसम्म राहदानी सेवा प्रभावित हुने

काठमाडौँ । राहदानी विभागले राहदानी जारी गर्ने प्रणालीलाई स्तरोन्नति गर्दै नयाँ प्रविधि लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहद...

३६ घण्टादेखि धनकुटा बजारमा बिजुली अवरुद्ध

काठमाडौँ । सोमबार राति आएको शक्तिशाली हावाहुरीका कारण अवरुद्ध भएको धनकुटाको विद्युत आपूर्ति आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ । केही क्षेत्रमा लाइन जोडिए पनि सदरमुकाम क्षेत्र भने अझै विद्युतविहीन अवस्थामा रहेको छ ।

नेपाल विद्युत प्राधिकरण, ध...

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

रामेछाप । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिबार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त राजमार्ग सोमबार साँझबाट सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको स्थानमा पुनः अस्थ...

मौसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।  हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराई...